Ad image

किशोर किशोरी एनिमेटर संञ्जालद्धारा विद्यालय भर्ना सम्बन्धि घरदैलो कार्यक्रम सञ्चालन

मालश्री खबर
मालश्री खबर ७ बैशाख २०८०, बिहीबार
1 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर बैशाख ७ गते, रोल्पा ।
सहयोगी किशोरकिशोरी एनिमेटर संञ्जालले विद्यालय भर्ना सम्बन्धि घरदैलो कार्यक्रम सञ्चालन गरेको छ । सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ का किशोरकिशोरीहरुले आफ्नो वडा भित्रका प्रत्येक घरमा पुगेर बैशाख ६ र ७ गते विद्यार्थी भर्ना अभियान सञ्चालन गरेका हुन् ।

वडा नम्बर ४ का ८ जना किशोर र १९ जना किशोरीहरुको सक्रियतामा बाग्मा र कोईरालाखर्कमा उक्त कार्यक्रम सञ्चानल गरीएको हो । “समयमै भर्ना समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान” भन्ने सुनिलस्मृति गाउँपालिकाले लिएको विद्यार्थी भर्ना अभियानलाई सार्थकता दिनको लागि किशोर किशोरीले घरदैलो कार्यक्रम गरेको बताएका छन् ।

- Advertisement -
Ad image

स्ट्रम फाउण्डेशनको सहयोगमा सहास नेपाल द्धारा सञ्चालित सिड्स परियोजनाले आर्थिक सहयोग र सुनिलस्मृति गाउँपालिकाको समन्वयमा ४ नम्बर वडाका सबै घरधुरीमा उक्त अभियान सञ्चालन गरीएको सहास नेपाल, सिड्स परियोजना जिल्ला कार्यक्रम संयोजक सरोज पन्थीले जारकारी दिनुभएको छ ।

साथै किशोर किशोरीले विद्यालय र गाउँपालिका बाट प्राप्त विद्यालय भर्ना सूचनाको सम्प्रेषण समेत गरेका थिए । किशोरकिशोरी एनिमेटर संञ्जालका अध्यक्ष ठगेन्द्र सुनार र सचिव सज्जन विश्वकर्मा र कुमार विश्वकर्माको अगुवाईमा विद्यार्थी भर्ना घरदैलो अभियान सञ्चालन गरीएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array