Ad image

अहिले सरकार विमुख भएको छ-सबिन पोख्रेल

मालश्री खबर
मालश्री खबर ६ बैशाख २०८०, बुधबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर

मालश्री खबर बैशाख ६ गते, रोल्पा 

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सबिन पोख्रेलले नेपालमा अहिलेको सरकार विमुख भइसकेको समेत बताउनु भएको छ।मंगलबार रोल्पाको परिवर्तन गाउँपालिका(३ इरिबाङ बागमारा रहेको लाली गुराँस युवा क्लबको २५ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो कुरा बताउनु भएको हो।वार्षिक उत्सव उद्घाटन समारोहको प्रमुख अतिथी समेत रहेका पोख्रेलले अहिलेको सरकारले आम नागरिकलाई सेवा दिन नसकेको आरोप समेत लगाउनुभयो।साथै उहाँले भन्नुभयोूसमृद्धि के होरुविकास के होरुभन्नी प्रश्न गर्दै बाटो घाटो खुल्नुलाई विकास मान्ने गरेको समेत बताउनुभयो।

- Advertisement -
Ad image

अहिले अग्ला डाँडाकाँडामा भ्युउ टावर निर्माण गरेर त्यसलाई विकास र समृद्धिको नारा दिइएको समेत बताउनुभयो।अहिले नेपाली युवाहरु खाडी मुलुक र युरोपका देशहरूमा आफ्नो रगत पसिना बेच्न बाध्य भएको के यहीँ होरुसमृद्धि र विकास भनेर प्रश्न गर्दै भने अहिले नेपाल खाडी मुलुक र युरोपका देशमा बेचिएका पसिना र मेहनतले कमाएका रेमिटेन्समा चलेको समेत बताउनुभयो।संघीयता आएको पनि लामो समय भएकोले संघीयताले पनि आम नागरिकले सोछे अनुसारको डेलिभरी दिन नसकेको समेत बताउनुभयो।साथै स्थानीय आएको पनि आज छ बर्ष पुरा भएको र स्थानीय तहले पनि आम नागरिकको इच्छा,चाहना र भावना अनुसार सेवा दिन नसकेको समेत बताउनुभयो।केही दिन अगाडि मात्र सार्वजनिक गरेको महालेखा परिक्षकको प्रतिवेदनमा आम नागरिकले थाम्न नसक्ने अवस्थामा पुगेको समेत बताउनुभयो।

 

अबको नेपालको यात्रा वैज्ञानिक समाज भएको र आफूहरु त्यसको तयारीमा जुटिरहेको बताउदै एक न एक दिन त्यो भएरै छाड्ने समेत बताउनुभयो।अहिले युवाहरु दिनहुँ सयौंको संख्यामा युवा शक्तिहरु पलायन हुनुपर्ने अवस्था आउनु देशकै लागि दुस्खद पक्ष भएको समेत बताउनुभयो।नेपालमा अहिले चरमबद्ध कालो बजारी,मंहगी र चरमबद्ध भष्ट्रचार भएको समेत बताउनुभयो।हिजो यो ठाउँबाट परिवर्तनका लागि गोलीको चलेको ठाउँमा परिवर्तनका लागि उथलपुथल भएको र क्रान्ति पार गरेर क्लब यहाँ सम्म आइपुगेको समेत बताउनुभयो।साथै क्लबलाई सरकारले सहयोग गर्नुपर्ने हो,राज्यले उन्नति प्रगतिको लागि लगानी गर्नुपर्ने हो तर त्यो नभएको समेत बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

Array