Ad image

राप्रपा नेपालका जिल्ला अध्यक्ष वली कांग्रेसमा प्रवेश

मालश्री खबर
मालश्री खबर ६ बैशाख २०८०, बुधबार
1 Min Read
Aa

मालश्री खबर बैशाख ६ गते, रोल्पा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जिल्ला अध्यक्ष राजेन्द्र वलीले नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पाटी जिल्ला अध्यक्ष तथा रोल्पाको गंगादेव गाउँपालिकाका राजेन्द्र वलीले आज राप्रपा पार्टी परित्याग गर्दै नेपाली काग्रेसमा प्रवेश गर्नुभएको हो ।

 

- Advertisement -
Ad image

 

राजनीती भावनाले नभइ सिद्धान्तले चल्ने भएको हुदा आफ्नो सिद्धान्तलाई छोड्न नसकि नेपाली काँग्रेसमा प्रवेश गरेको वलीले बताउनु भयो । साथै नेपाली काँग्रेस गंगादेवलाई अझ सशक्त तथा बलियो बनाउन प्रवेश गरेको बताउनु भयो । नेपाली काँग्रेस गंगादेव गाउँपालिका पार्टी सभापती मिन बहादुर खड्का, पार्टी सचिव भिमबहादुर वली नेपाली काँग्रेस वडा नं. ४ का वडा सभापती गनबहादुर वली लगाएतले टिका तथा माला लगाएर नेपाली काँग्रेस पार्टीमा स्वागत गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array