Ad image

रोल्पामा विद्युत विस्तारको काम अलपत्र पार्ने ठेकेदारलाई कारबाही गर्न सांसद घर्तीको माग

मालश्री खबर
मालश्री खबर ६ बैशाख २०८०, बुधबार
1 Min Read
Aa

नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले रोल्पामा विद्युत विस्तारको जिम्मा लिएर अलपत्र पार्ने ठेकेदारलाई कारबाही गर्न माग गरेकी छन्।

बुधबार प्रतिनिधिसभा बैठकको सून्य समयमा बोल्दै सांसद घर्तीले समयमा काम नगर्ने ठेकेदार र कम्पनीलाई तत्काल कारबाही गरी छिटो विद्युत विस्तार गर्न माग गरेकी छन् ।

नेपालले भारतमा विद्युत बेचेर आम्दानी गर्नु गौरवको कुरा भएपनि रोल्पा जिल्लाका ३० प्रतिशतभन्दा बढी जनता विद्युतको पहुँचबाट बाहिर रहनु निकै दुःखद रहेको उनले बताइन् ।

रोल्पाका विभिन्न क्षेत्रमा विद्युत विस्तारका लागि त्रिपुरेश्वरी विभान्सु जेभी कम्पनी काठमाडौंले ‘२०७८ मंसिर ३० गते ३७ करोड ६४ लाखमा योजना सम्झौता गरी १८ महिनाभित्र काम सक्ने गरी साढे ६ करोड बढी पेस्की लिएर पनि विद्युत विस्तारको काम अलपत्र पारेको संसदलाई जानकारी गराइन्।

- Advertisement -
Ad image

त्रिपुरेश्वरी विभान्सु जेभि कम्पनी सम्झौता भएको अढाई वर्ष वितिसक्दा समेत काम नगरेपछि रोल्पामा विद्युत विस्तार कार्य अलपत्र अवस्थामा छ,’ सांसद घर्तीले भनिन्, ‘त्यसैले उक्त सम्झौता तोडेर नयाँ प्रक्रियामा गई रोल्पामा विद्युत विस्तार कार्यलाई तिब्र रुपमा अघि बढाउन म सभामुखमार्फत नेपाल सरकार र सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउँदछु।’

प्रतिक्रिया दिनुहोस्

Array