Ad image

लाली गुराँस युवा क्लबको २५ औं वार्षिक उत्सव एक कार्यक्रमका बीच उद्घाटन

मालश्री खबर
मालश्री खबर ५ बैशाख २०८०, मंगलवार
5 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर,
मालश्री खबर बैशाख ५ गते रोल्पा ।

लाली गुराँस युवा क्लब परिवर्तन गाउँपालिका(३ इरिबाङ रोल्पाको २५ औं वार्षिक उत्सवको मंगलबार एक कार्यक्रमको बीच बागमारामा उद्घाटन भएको छ।ूसभ्य समाजका लागि संस्कृति,विकास परिवर्तनका लागि युवाहरुूभन्ने मुल नाराको साथै सुरु भएको लाली गुराँस युवा क्लबले बैशाख ५ गतेदेखि १० गतेसम्म आफ्नो २५ औं वार्षिक उत्सवको अवसरमा बृहत सांस्कृतिक तथा विविध खेलकुद प्रतियोगिताको आयोजना गरेको हो।लाली गुराँस युवा क्लबका अध्यक्ष बिनोद चन्दको अध्यक्षमा भएको उद्घाटन समारोह कार्यक्रमको प्रमुख अतिथीमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सबिन पोख्रेल रहनु भएको थियो।त्यस्तै विशिष्ट अतिथीमा रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका निवर्तमान अध्यक्ष विश्व कुमार चन्द रहनु भएको थियो।

अतिथीहरुमा नेकपा पश्चिम जिल्ला इन्चार्ज सम्झना घर्ती मगर,नेकपा पश्चिम जिल्ला कमिटी सचीव सन्दीप वली,परिवर्तन गाउँपालिकाका जेन्सी शाखा प्रमुख ललित कुमार बुढा मगर,नेकपा माडी गाउँ कमिटीका इन्चार्ज श्याम बुढा,रोल्पा उद्योग वाणिज्य संघ परिवर्तन गाउँपालिकाका संयोजक प्रेम कुमार बुढा मगर,परिवर्तन गाउँपालिकाका कार्यपालिका सदस्य थम बहादुर सुनार,परिवर्तन गाउँपालिका(३ का वडा सदस्य अमित बुढा मगर,नेकपा जिल्ला सल्लाहकार गणेश बुढा मगर,रोल्पा जिल्ला आईटीएफ सल्लाहकार रोशन केसी,जनता माध्यमिक विद्यालय बागमाराका प्रधानाध्यापक जय कुमार बुढा,जनवादी गायक झनकार बुढा मगर,इरिबाङ विद्युत प्राधिकरणका अध्यक्ष हरि केसी,प्रहरी चौकी बागमाराका इन्चार्ज झल्क बुढा मगर र बागमारा बजार व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र गिरी लगाएतको आतिथ्यता रहेको थियो।लाली गुराँस युवा क्लबका उपाध्यक्ष हिरालाल खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शुभकामना मन्तव्य राख्नेमा परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विक्रम बाँठा मगर,नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालय मौलाबोटका प्रधानाध्यापक गोपाल बहादुर केसी,नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका(३ का इन्चार्ज झपिराम डाँगी,नेकपा परिवर्तन गाउँ कमिटीका इन्चार्ज पृथ्वी डाँगी,नेपाली कांग्रेस रोल्पाका पूर्व जिल्ला सचीव झक्कु प्रसाद घर्ती मगर,लाली गुराँस युवा क्लबका पूर्व अध्यक्ष दीपेन्द्र कुमार डाँगी,क्लबका पूर्व अध्यक्ष सुर्य प्रकाश डाँगी,परिवर्तन गाउँपालिका(३ का वडा अध्यक्ष तथा क्लबका पूर्व अध्यक्ष खिम विक्रम चन्द,परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि।एम लगाएतले वार्षिक उत्सव कार्यक्रमको भव्य र सभ्य रूपमा सफल होस भनी शुभकामना व्यक्त गर्नु भएको थियो।

- Advertisement -
Ad image

पश्चिम् रोल्पाको चर्चित क्लब लाली गुराँस युवा क्लब भएको समेत बताउनुभयो।साथै क्लब महान जनयुद्धको दबदबामा २०५५ सालमा एउटा सानो समूहबाट सुरु भएर अहिले ठूलो क्लबमा स्थापना भएको समेत बताउनुभयो।त्यस्तै क्लबले समाजका लागि चेतनामूलक,सामाजिक कार्य,थुप्रै खेलाडीहरु उत्पादन गर्न समेत सफल भएको बोल्न वक्ताहरुको भनाइ रहेको थियो।कार्यक्रमको सञ्चालन लाली गुराँस युवा क्लबका सचीव खुम रिजालले गर्नु भएको थियो। कार्यक्रममा विभिन्न बुद्धिजिवी, खेलाडि, खेलप्रेमी, आमा समुह, युवा समुह, टोल विकास समह लगाएतको उपस्थिति रहेको थियो ।

 

 

हिजोको दिनमा क्लब दुखका साथ स्थापना गरेको-विश्व कुमार चन्द

लाली गुराँस युवा क्लबका संस्थापक अध्यक्ष विश्व कुमार चन्दले हिजोको दिनमा दुस्खका साथ लाली गुराँस युवा क्लब स्थापना गरेको बताउनु भएको छ।लाली गुराँस युवा क्लबको २५ औं वार्षिक उत्सव समारोहको विशिष्ट अतिथी समेत रहेका रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका निवर्तमान अध्यक्ष समेत रहेका चन्दले युवा क्लब स्थापना गर्नमा सहयोग गर्ने व्यक्ति र यहाँ सम्म लिइ पु¥याउने महत्त्वपूर्ण व्यक्तिहरुलाई सम्झिदै,आफूले २०५५ सालमा एउटा सानो कोठाबाट स्थापना गरेर आज पश्चिम् रोल्पाकै पुरानो क्लब र ठूलो क्लब भएको समेत बताउनुभयो।हामीले दुख कष्टका साथ स्थापना गरेको क्लब आज आफूहरू भन्दा पनि धेरै माथी उठाउन पु¥याउन महत्त्वपूर्ण भूमिका खेलेकोमा अहिलेका अध्यक्ष बिनोद चन्द लगायत सम्पूर्ण कार्य समितिहरुलाई समेत धन्यवाद दिनु भएको छ।

आगामी दिनमा पनि क्लब अझै राम्रो बन्नेमा आफू विश्वस्त भएको समेत बताउनुभयो।त्यस्तै आफू परिवर्तन गाउँपालिकाको स्थानीय तह निर्वाचन २०७९ बैशाख ३० गते सम्पन्न भएको चुनावमा कमै मतान्तरले आफ्नो प्रतिद्वन्द्वी सँग प्राजित भएको समेत बताउनुभयो।तर परिवर्तन गाउँपालिकाका अहिलेको नेतृत्वले कुनै पनि सहकार्य गर्न नखोज्नु र कुनै पनि जानकारी आफ्नो प्रतिद्वन्द्वीलाई नदिनु दुस्खद पक्ष भएको समेत बताउनुभयो।अर्को पक्ष अख्तियारमा मुद्दा परेको र त्यो परिवर्तन गाउँपालिका बासीको लागि नकारात्मक पक्ष भएको समेत बताउनुभयो।साथै केहि दिन अगाडि मात्र परिवर्तन गाउँपालिका(४ पाछाबाङका केहि गाउँमा र परिवर्तन गाउँपालिका(५ राङ्कोटको केही गाउँमा लगाइएको अफिम प्रहरीको टोलीले नष्ट गरेको र त्यसमा स्थानीय सरकारले त्यो विषयमा केही नबोल्नु पनि दुस्खद पक्ष भएको समेत बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

Array