Ad image

बालबोध आधारभूत विद्यालयले कक्षा ८ का विद्यार्थीलाई सम्मान तथा विधाई ग¥यो

मालश्री खबर
मालश्री खबर ५ बैशाख २०८०, मंगलवार
2 Min Read
Aa

 

भुपेन घर्ति
मालश्री खबर बैशाख ५ गते रोल्पा ।

बालबोध निम्न माध्यमिक विद्यालय गंगादेव गाउँपालिका वडा नम्बर ५ झाक्रि सल्ला रोल्पाले कक्षा ८ को विद्यार्थीलाई सम्मान तथा विधाई गरेको छ । सोही अवरमा विद्यालयले नयाँ वर्षको शुभकामना आदिन प्रदान पनि गरेको छ । २०७९ को पालिका स्तरीय परिक्षाको नतिजामा जिवन पुनमगर प्रथम , हिमा बुढा द्धितिय र सरीता घर्ति तृतिय भएका छन् । प्रथम , द्धितिय र तृतिय हुने विद्यार्थीलाई विभिन्न पुरस्कार वितरण गरीएको बताईएको छ ।

- Advertisement -
Ad image

साथै विद्यालयले कोभिड १९ पछि कक्षा ८ उत्तिर्ण गरेर अन्य विद्यालयमा पढ्न गएका १०१ जना विद्यार्थीहरुलाई एकमुष्ट रुपमा आज मंगलबार विधाई गरेको हो । विद्यार्थीहरुलाई अविर फुलमाला र डायरी चिनो प्रदान गरेको विद्यालयले जनाएको छ ।

सम्मान विधाई कार्यक्रममा वोल्दै शिक्षक अविभावक संघका अध्यक्ष तथा कार्यक्रमका अतिथी माधवकुमार शर्माले विद्यायलाई आवश्यक पर्ने साथ सहयोग आफुबाट रहिरहने बताउनु भयो । साथै शर्माले विद्यालयलाई नमुना बनाउनको लागि गुणस्तरीय शिक्षा, विभिन्न खेलकुद र विद्यालयको भौतिक तथा आर्थिक लगाएतका पक्षहरुमा सुधार गर्नको लागि आफु सधै प्रतिवद्ध भएर लाग्ने बताउनु भएको छ ।

कार्यक्रमका अर्का अतिथी तथा सोही विद्यालयमा अध्ययन गर्नुभएका भुपेन घर्तिले आफुले अध्ययन गरेको विद्यालयमा अतिथीको रुपमा आउन पाउदा खुसी भएको बताउदै विद्यालयको कमीकमजोरीमा खवरदारी गर्दै विद्यालयलाई उत्कृष्ट बनाउनको लागि सधै प्रतिवद्ध रहने समेत बताउनु भएको छ ।

विद्यालयका प्रध्यानाअध्यापक खड्कबहादुर वलीको अध्यक्षतमा सुरुवात भएको कार्यक्रमको अतिथीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर बुढा, पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दबहादुर खत्री, विद्यालय व्यवस्थापन समितिका सदस्य हिमे खत्री, जानका केसी, सुन्तली वि.क, पुर्व विद्यालय व्यवस्थापन समितिका सदस्यहरु कमला विक, इन्द्रबहादुर केसी, विरबहादुर खत्री, रणविर वली, स्थानिय मिथुनलाल पुन लगाएत रहनु भएको थियो ।

उक्त कार्यक्रममा विभिन्न अविभावक, विद्यार्थी लगाएतको उपस्थिति रहेको थियो । शिक्षक शिवकुमार केसीले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालयकी शिक्षिका पवित्रा वलीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array