Ad image

राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन रोल्पाको प्रथम जिल्ला अधिवेशन सम्पन्न , अध्यक्षमा पुनः शाह चयन

मालश्री खबर
मालश्री खबर ४ बैशाख २०८०, सोमबार
2 Min Read
Aa

भरत विश्वकर्मा
मालश्री खबर बैशाख ४ गते, रोल्पा ।

राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन रोल्पाको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ मा उक्त अधिबेशन भएको हो । सोबार सम्पन्न भएको अधिबेशनले पुनः बमकुमारी शाहको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरीएको छ । जसको उपाध्यक्षमा यमकुमारी विष्ट, कोषाध्यक्षमा बिना थापा, सचिवमा कल्पना थापा, सह—सचिवमा कुस्मति विष्ट र सदस्यहरुमा टिका थापा, गिता थापा, चन्द्रा थापा, पावर्ती सेन, शान्ति शाह, लिला रावल, वसन्ती वि.क, रिकमला महरा, समता वि.क, वसन्ती सार्की, मति नेपाली, रुकमेली थापा, लक्ष्मी गिरी, मनिषा थापा, हेमता थापा, गोमा थापा चयन भएका छन् ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष तथा राप्रपा केन्द्रिय सञ्चालन समितिका सदस्य अमर बहादुर थापाले महिलाहरु सशक्त रुपमा अगाडी बढ्नु पर्ने कुरा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष थापाले नेपालमा महिला नै राष्ट्रपति, सभामुख समेत भइसकेको स्मरण गराउदै अधिवेशनमा उपस्थित सबै महिलालाई अगाडी बढ्न आग्रह गर्नुभएको हो । राप्रपाको यस सङ्गठनले महिलाहरुको हक हितको लागी ठुलो मात्रामा सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गर्दै थापाले आफ्नो व्यक्तिगत र पार्टीको तर्फबाट महिलाको हक,हित र अधिकारको लागि पुर्ण साथ सहयोग गर्ने बताउनु भएको छ । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथिको रुपमा रहनु भएका राप्रपाका प्रदेश सभा क्षेत्र क. का अध्यक्ष डोेरबहादुर थापाले महिलाहरुको हक हितको सबै मिलेर अगाडी बढ्न्पर्ने बताउनुभयो । महिलाहरुमा पनि पुरुष सरह क्षमता हुने भएकाले आफ्नो क्षमतालााई सही ठाउँमा प्रदर्शन गर्न जरुरी भएको बताउनुभएको थियो । अधिवेशनबाट महिलाको नेतृत्व गर्न सक्ने क्षमतावान कार्यसमिति चयन गर्न समेत आग्रह गर्नु भएको छ ।
कार्यक्रमको अध्यक्षमा राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन रोल्पाको अध्यक्ष बमकुमारी शाह रहनुभएको थियो । सङ्गठनको सचिव कल्पना थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन रक्ष क्षेत्रीले गर्नुभएको थियो । उक्त कार्यक्रमको प्रायोजको लागी चाोम बहादुर बुढाथोकीले रु बिस हजार सहयोग गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array