Ad image

सुनिलस्मृति गाउँपालिकाले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रमका बारेमा छलफल गर्दै

मालश्री खबर
मालश्री खबर ४ बैशाख २०८०, सोमबार
1 Min Read
Aa

गणेश केसी

सुनिलस्मृति गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८० – ०८१ को नीति तथा कार्यक्रमका बारेमा छलफल गर्न लागेको छ । यहि बैशाक १० गते नीति तथा कार्यक्रमका, वार्षिक विकास योजना र वजेट तर्जुमा गर्ने सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गर्न लागेको हो ।

गाउँपालिकाले पूर्ववजेट छलफल कार्यक्रममा वडाबाट सम्पूर्ण जनप्रतिनिधिहरु सहित कृषक, आमा समूह, महिला समूह, सहकारी, यूवा क्लव, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, व्यापारी, वुद्धिजिवि, राजनीतिक दल, गैर सरकारी संघसंस्था, पत्रकार लगायत सरोकारवालाहरुको प्रतिनिधित्व हुने गरी १० देखि १५ जना सम्मको सहभागिताका लागि अनुरोध गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश पौडेलद्धारा हस्ताक्षेरित सुचनामा आवश्यक सूचना प्रवाह गरी सम्बन्धित सरोकारवालाहरुलाई उपस्थित गराउनुहुन गाउँपालिका भित्रका सम्पुर्ण जनप्रतिनिधिहरुलाई निर्देश समेत दिइएको छ । छलफल कार्यक्रम गाउँपालिकाको सभा हलमा बैशाक १० गते विहान ११ बजेबाट सुरु हुने गाउँपालिकाले जनाएको छ ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्

Array