Ad image

 वडा अध्यक्ष गिरिले सेवाग्राही सङ्ग पेट्रोल र नगद असुलेको आरोप

मालश्री खबर
मालश्री खबर ४ बैशाख २०८०, सोमबार
1 Min Read
Aa

मालश्री खबर बैशाख ४ गते, रोल्पा । sharethis sharing button

रोल्पाको रुन्टीगढी गाउँपालिका वडा न. ३ का वडा अध्यक्ष गणेश गिरिले जनताको काम गर्ने समयमा पेट्रोल र नगद असुलेको आरोप लागेको छ ।एक स्थानीयका अनुसार एक जना श्रीमान श्रीमतिको छुटपत्र मिलापत्रमा गएका गिरिले एक हजार नगद र आफुले प्रयोग गर्दै आएको मोटरसाइकलमा पेट्रोल राख्न लगाएको बाहिरिएको छ ।

यतिबेला गिरिको भने निकै चर्को आलोचना भैरहेको छ । सोही बिषयमा जानकारले भने , के रुन्टीगढी गाउँपालिका-३ नम्बर वडा अध्यक्षलाई गाउँपालिकाबाट इन्धन खर्च आउन्न र ? उनले प्रश्न गर्दै भनेका छन आखिर किन र के का लागि ? उनले भने जनप्रतिनिधि ज्यु सिधा साधा जनता सङ्गं पेट्रोल अनि नगत लिने काम नगरौं न । अध्यक्ष गिरि स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

# लुम्बिनी पत्रिका

प्रतिक्रिया दिनुहोस्

Array