Ad image

रोल्पाको एक मात्र उद्योग, रोल्पा सिमेन्ट उद्योग प्रालिको लाइन काटियो

मालश्री खबर
मालश्री खबर ३ बैशाख २०८०, आईतवार
1 Min Read
Aa

गणेश केसी
रोल्पाको एक मात्र उद्योग, रोल्पा सिमेन्ट उद्योग प्रालिको लाइन काटिएको छ । विद्युत महशुल नतिरेको भन्दै विद्युत वितरण केन्द्र रोल्पाले लाईन काटेको हो ।

पटक-पटक तोकेता गर्दा पनि अटेरी गरि महशुल नबुझाए पछि आईतबार आज रोल्पा विद्युत वितरण केन्द्रले लाईन काटेको वितरण केन्द्र रोल्पाका कार्यालय प्रमुख आसेश्वर शाहले बताउनु भयो ।

२०७० साल यता रोल्पा सिमेन्ट उद्योगले महशुल नतिरेको रोल्पा वितरण केन्द्रले जनाएको छ । प्रत्यक महिना थोरै–थोरै शुल्क मात्र तिरेको उद्योगको अहिले सम्म ८ करोड ४४ लाख ६ सय ७९ रुपैया बक्यौता बुझाउन बाकी रहेको कार्यालय प्रमुख शाहले बताउनु भयो । १ करोड ७५ लाख ८७ हजार ७७ रुपैया डेडिकेटेड शुल्क सहित ८ करोड बढी बक्यौता भए पछि लाइन काट्न बाध्य भएको वितरण केन्द्रका इन्जिनियर उच्चतम बुढामगरले बताउनु भएको छ । बाँकी बक्यौता नतिरे सम्म लाइन नजोडिने समेत उहाले बताउनु भयो ।

साना ग्राहकहरुको मात्र लाइन काट्ने तर ठुला ग्राहकहरुको लाइन नकाट्ने भन्ने गुसानो आए पछि आफुहरु लाइन काट्न बाध्य भएको कार्यालय प्रमुख शाहको भनाई छ ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्