Ad image

लुम्बिनी प्रदेशका दुई स्थानियतह दोस्रो पटक पनि बेरुजु शून्य बनाउन सफल

मालश्री खबर
मालश्री खबर १ बैशाख २०८०, शुक्रबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढामगर
मालश्री खबर बैशाख १ गते, रोल्पा ।

नेपालमा ७५३ स्थानीय तह रहेका छन । त्यस्तै ७ वटा प्रदेश रहेका छन । मध्ये लुम्बिनी प्रदेशमा १०९ स्थानीय तह रहेका छन । महालेखा परीक्षकको कार्यालयले ६० औँ वार्षिक प्रतिवेदन बिहीबार सार्वजनिक गरेको छ ।

एक वर्षमै सरकारको बेरुजु रकम एक खर्ब १९ अर्ब रुपैयाँले बढेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । पालिकाको बेरुजु ४२ अर्ब ८८ करोड ९ लाख रहेको छ।तर लुम्बिनी प्रदेशको प्युठानका दुई वटा पालिकाले देशभरमै उत्कृष्ट परिणाम हासिल गरेका छन ।

- Advertisement -
Ad image

प्युठानका मल्लरानी र सरुमारानी गाउँपालिकामा बेरुजु शून्य रहेको छ । मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिकाको आर्थिक बर्ष २०७७÷०७८ मा शून्य बेरुजु भएको थियो भने दोस्रो पटक पनि आर्थिक बर्ष २०७८÷०७९ को पनि बेरुजु शून्य भएको हो । मल्लरानी गाउँपालिकामा पहिले बालकृष्ण थापा प्रमुख प्रशासकीय अधिकृत थिए भने अहिले महेश केसी प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।

त्यस्तै सरुमारानी गाउँपालिकामा पहिले चिन्तामणी रेग्मी प्रमुख प्रशासकीय अधिकृत थिए भने अहिले देवीराम पाठक प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।

रेग्मीले करिब २७ महिना त्यहाँ प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्नुभयो।त्यो गाउँपालिकामा जाँदा करिब ८ करोड ६० लाख बराबर पालिकाको बेरुजु भएको थियोे भनेर उनले भने।त्यस्तै अर्का थापाको पनि त्यस्तै रहेको छ, आफू प्रमुख प्रशासकीय अधिकृत भएर गएको र करिब २९ महिना त्यहाँ काम गरेको बताउनुभयो । त्यहाँ आफू जाँदा करिब ६ करोड बराबर बेरुजु भएको उनले भने ।

प्रतिक्रिया दिनुहोस्

Array