सहिद मार्ग हुँदै गुराँसे जोड्ने मोटर बाटोको उद्घाटन

मालश्री खबर
मालश्री खबर २९ चैत्र २०७९, बुधबार
2 Min Read
Aa

सुर्यप्रकाश बुढा मगर
मालश्री खबर चैत २९ गते, रोल्पा ।
सहिदमार्ग हुँदै चप्का, कर्तम, चाबाङखोला गुराँसे जोड्ने मोटर बाटोको उद्घाटन गरिएको छ । बुधबार परिवर्तन गाउँपालिका–६ को गुराँसे रोल्पा मा उक्त मोटरबाटोको उद्घाटन गरिएको हो । प्रदेश सरकारको २० लाख र परिवर्तन गाउँपालिकाको ५ लाख बराबरको लागतमा गंगादेव गाउँपालिका–६ को सिमाना सम्म मोटर बाटो जोडिएको छ ।

 

परिवर्तन गाउँपालिका–६ को स्यालाखोला, बाबियाचौर र गुराँसे मोटर बाटो पुगेको परिवर्तन गाउँपालिका–६ का वडा अध्यक्ष भरत कुमार बुढा मगरले जानकारी दिनु भएको छ । परिवर्तन गाउँपालिका–६ को १ नम्बर टोल विकास संस्था चाबाङका अध्यक्ष सुरेन्द्र गिरीको अध्यक्षमा भएको मोटर बाटो उद्घाटन कार्यक्रमको प्रमुख अतिथीमा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढा मगर रहनु भएको थियो ।

 

उक्त कार्यक्रममा परिवर्तन गाउँपालिकाका प्रवक्ता तथा २ का वडा अध्यक्ष हरिप्रसाद बुढा मगर, ६ का वडा अध्यक्ष भरत कुमार बुढा मगर, ६ का वडा सदस्य कल्पना परियार, नेकपा एमालेका जिल्ला सदस्य नारायण खनाल, अर्का जिल्ला सदस्य कर्ण बुढा मगर, नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिकाका सचीव कर्ण बहादुर बुढा मगर, नेपाली कांग्रेस परिवर्तन गाउँपालिका–६ का उपसभापति सार्की बुढा मगर र नेकपा एमाले परिवर्तन गाउँपालिका–६ का अध्यक्ष तेज कुमार पुन मगर लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमा आमा समूह, युवा क्लब र टोल विकास संस्थाका नागरिकहरुको समेत उपस्थिति रहेको थियो । मोटर बाटो करिब शहिदमार्ग चप्का देखि गुराँसे सम्म ८ किलोमीटर रहेको बताइएको छ । मोटर बाटो गुराँसे सम्म पुगेपछि त्यहाँका स्थानियलाई बागमारा र लिबाङ आउन सहज हुने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्