Ad image

रोल्पामा ठूलो मात्रामा अफिम खेती प्रहरीको टोलीद्वारा नष्ट

मालश्री खबर
मालश्री खबर २९ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

मालश्री खबर चैत २९ गते, रोल्पा ।
रोल्पामा ठूलो मात्रामा उत्पादन गरिएको अफिम खेती प्रहरीको टोलीले नष्ट गरेको छ । रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकाका बिभिन्न स्थानहरुमा अबैध रुपमा अफिम खेती भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले सोमबार र मंगलबार सम्बन्धित ठाउँमै पुगेर नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाबाट २०७९ चैत २७ गते प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ३८ जनाको प्रहरी टोली खटिएको थियो ।

परिवर्तन गाउँपालिका, वडा नं.४ पाछाबाङको खोलागाउँ, तारल, बसुन्धरामा करिब २० रोपनी क्षेत्रफलको पाखोबारीमा करिब १८ हजार बोट अफिम खेती गरिएको थियो । चैत २८ गते प्रहरी निरीक्षकको नेतृत्वमा ३० जनाको टोलीले परिवर्तन गाउँपालिका वडा नं. ४ को जैरेनी, तातापानी भन्ने स्थानको पाखोबारी र वडा नं. ५ राङकोटको बजेनी भन्ने स्थानको जंगल बिचमा रहेको गोठहरु रहेको जमीन गरी करिब ८ रोपनीमा लगाएको अफिम ७ हजार ५ सय बोट अबैध अफिम खेती फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक श्याम कुमार सारु मगरले एक प्रेस सूचना जारी गर्दै जानकारी दिनु भएको छ । चैत २७ र २८ गते गरी करिब २८ रोपनी पाखोबारीमा उत्पादन गरिएको २५ हजार ५ सय बोट अफिम नष्ट गरिएको छ ।

 

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्

Array