सुनिलस्मृति गाउँपालिकाको सार्वजनिक सुनुवाई सान्दार रुपमा सम्पन्न

मालश्री खबर
मालश्री खबर २७ चैत्र २०७९, सोमबार
2 Min Read
Aa

गणेश केसी
सुनिलस्मृति गाउँपालिकाको सार्वजनिक सुनुवाई आइतबार सान्दार रुपमा सम्पन्न भएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई वडा नं. ३ मिझिङमा सम्पन्न भएको हो ।

सार्वजनिक सुनुवाई सभ्य र भब्य रुपमा सम्पन्न भएको भन्दै गाउँपालिकाले प्रेस विज्ञप्ती समेत सार्वजनिक गरेको छ । कार्यक्रममा उपस्थित भइ प्रश्न, सल्लाह, सुझाव ब्यक्त गर्नेहरुलाई धन्यवाद समेत ब्यक्त गरेको छ ।

सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा स्वास्थ्य शाखाका संयोजक मोतिम आलम, प्रशासन शाखा प्रमुख रणविर बुढा, शिक्षा शाखा प्रमुख यादव केसी, आर्थिक प्रशासन शाखाका मधुसुदन गैरे, पुर्वाधार शाखाका अर्जुन श्रेष्ठ, लगाएत गाउँपालिकामा रहेको १३ वटा शाखाका शाखा प्रमुख तथा कर्मचारीहरुले अहिले सम्म सम्पादन गरेका कार्यहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजिकरण रेडियो मालश्रीका पत्रकार गणेश केसीले गर्नुभएको थियो । उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा सार्वजनिक सुनुवाई संयोजकले संकलन गरेको नागरिक निर्गम अभिमत, नागरिक प्रतिवेदन र संकलित सेवाग्राहीहरुको प्रश्न, प्रतिकृया, गुणासो, सहभागी स्थानियले राखेका जिज्ञासा तथा गुणासोलाई गाउँपालिकाका अध्यक्ष मणिरामबुढाथोकी, उपाध्यक्ष मिना थापा, प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल, १ देखि ८ नम्बर वडाका वडा अध्यक्ष क्रमशा पवनकुमार कवर, नेत्रबहादुर गिरी, दुर्गाबहादुर विष्ट, ओविलाल बस्नेत, मणि थापा, लोकेन्द्रबहादुर थपा, रेशम शर्मा र धनराज रोका, सम्बन्धित शाखाका शाखा प्रमुखले जिज्ञासा मेटाईदिएका थिए ।

आगामि दिनमा पालिकाले गरीने कार्यलाई चुस्त, दुरुष्ट र प्रभावकारी ढंगले जनमैत्री सेवा प्रवाह गर्नेमा आफूहरु प्रतिबद्ध रहेको समेत बताएका थिए । दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा सम्पुर्ण राजनितिक दल, निर्वाचित जनप्रतिनिधिहरु, निवर्तमान जनप्रतिनिधिहरु, पत्रकार, नागरिक समाज, बिभिन्न समिति, उपसमिति, उपभोत्ता तथा आम नागरिकहरुलाई उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्