Ad image

(सामी)कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७९/०८० को अर्धबार्षिक समिक्षा गोष्ठी लिबाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर २७ चैत्र २०७९, सोमबार
5 Min Read
Aa

भरत बिश्वकर्मा / मालश्री खबर चैत २७ गते, रोल्पा ।

सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७९/०८० को अर्धबार्षिक समिक्षा गोष्ठी कार्यक्रम रोल्पाको लिवाङमा सम्पन्न भएको छ । रोल्पा नगरपालिका नगर प्रमुख सुरेन्द्र थपा घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा भएको कार्यक्रमको बारेमा सहजिकरण बैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत बिष्णु अर्यालले गर्नु भएको थियो । अर्यालले सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रमले रोल्पा जिल्लामा सुरक्षित बैदेशिक रोजगार सम्बन्धी गर्दै आएको कार्यको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रमलाई सहजिकरण गर्दै बैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत बिष्णु अर्यालले सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले बैदेशिक रोजगारीको लागी जाने सम्पुर्ण युवा युवतीहरुलाई सक्दो सहयोग गर्ने, यही देशमै केही गर्न आग्रह गर्ने, सूचनाको अभावमा खाडी मुलुकमा जोखिमपूर्ण काम, न्यून तलबलगायत समस्या भोग्नुपरेको स्थितिलाई मध्यनजर गर्दै परियोजनाले सही सूचना दिने र सूचनामा पहुँच वृद्धि गर्ने कार्यमा सघाउ पु¥याइरहेको बताएको छ ।

- Advertisement -
Ad image

मेनपावर र एजेन्टको मात्र विश्वास गर्दा देश बाहिर र भित्र पनि वैदेशिक रोजगारीका नाममा ठगी, शोषणमा पर्ने समस्या बढीरहेका सन्दर्भमा परियोजना सञ्चालन पछि सही सूचना लिएर मात्र वैदेशिक रोजगारीमा जानका लागी आग्रह गर्ने, यदि जानै पर्ने अवस्था आएमा कसरी सुरक्षित भरपर्दोे तरिकाले विदेशमा पुग्न सकिन्छ, बर्तमान समयमा अत्याधिक रुपमा मानिसहरु ठगीमा परिरहेको कारणले गर्दा कुनै व्यत्ति ठगीमा नपरोस भनि सजक भई आफुले कुनै पनि कारोबार गर्दा बैकिङ माध्यमको प्रयोग गर्ने आदिको बारेमा ज्ञान प्रदान गरि रहेको बताउनु भएको छ ।

बैदेशिक रोजगारमा जान चाहने व्यत्तिलाई सिप मुलक तालिम सिकेर जानको लागी आग्रह गर्ने, सिप उपलब्ध हुने ठाउँहरुको बारेमा जानकारी प्रदान गर्ने, बिदेश गएको व्यत्ति यदि ठगीमा परेको अवस्थामा दुतावासमा सम्पर्क गर्न आग्रह गर्ने, बैदेशिक रोजगारीमा जादा जाने ठाउँ, गर्ने काम, सेवा सुविधा, पाउँने पारिश्रमिक, उत्त ठाउँमा जानको लागी लाग्ने रकम, काम गर्ने समय, लगाएतको बारेमाा स्पष्ट रुपमा बुझेर मात्र जान आग्रह गर्ने लगाएतका सेवाहरु प्रदान गर्ने, बैदेशिक रोजगारीको लागी श्रम स्विकृत प्राप्त देशको बारेमा जानकारी र उत्त देशमा मात्र कामको लागी जान आग्रह गर्नुको साथै सामि कार्यक्रमले यदि कोही व्यत्ति ठगीमा परेको अवस्थामा जिल्ला प्रसाशन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगाएत विभिन्न निकायमा पहल गर्ने कार्य गरि रहेको समेत बताउनु भएको छ ।

आप्रवासन कार्यक्रमले कतिपय मानिसहरु बैदेशिक रोजगारीको लागी जाने भनि स्किृत लिएर पनि बिदेश नगई यहि स्वदेशमै उद्यमी भई बस्नमा सहयोग पु¥याएको बताउनु भयो । सामि कार्यक्रम अहिले रोल्पा जिल्लाको चार वटा पालिकामा मात्र संचालन हुंदा पनि सबै रोल्पाले यस बाट पुरा लाभ लिउन नसको बताउनु भएको छ । यदि यो कार्यक्रममा स्थानिय सरकारको अग्रसरमा रोल्पा जिल्लाको सबै स्थानिय तहमा सञ्चालनमा ल्याइदिएको अवस्थामा नागरिकलाइ बैदेशिक रोजगार र सुरक्षित आप्रवासनको बारेमा धेरै कुराको जानकारी हुने बताइएको छ ।

परियोजनाले वैदेशिक रोजगारीका क्रममा हुनसक्ने ठगी तथा शोषणबाट बचाउन सही सूचना दिने, अदक्ष कामदारलाई सीप लिन प्रेरित गर्ने र सीप लिन चाहनेलाई निःशुल्क सीप मुलक तालीम प्रदान गर्ने, बिदेशमा श्रम शोषणका विरुद्ध हुने हिंसा थगिलाई निःशुल्क कानूनी सहायता प्रदान गर्ने, मनोसामाजिक परामर्श सेवा दिने, वित्तीय साक्षरता प्रदान गर्ने लगायत सेवा प्रवाहको लागी थप सहयोग गर्ने गरेको समेत अर्यालले जानकारी दिनु भएको छ ।

कार्यक्रममा बोल्ने अधिकांस बत्ताहरुले बैदेशिक रोजगार र सुरक्षित आप्रवासनको लागी सामी परियोजनाले हाल सम्म खेलेको भुमिका अत्यन्तै महत्वपुर्ण भएको बताएका छन् । हाल परियोजनाले रोल्पा जिल्लाको चार वटा पालिकामा मात्र काम गरि राखेको अवस्थामा यसलाई बिस्तार गरेर जिल्लाको सबै पालिकामा लागु पर्ने सुझाव दिएका थिए । अब स्थानिय सरकारहरुले अरुको मुख ताकेर भन्दा पनि आफ्ना नागरिकहरुलाई बैदेशिक रोजगार र सुरक्षित आप्रवासनका बारेमा सहि जानकारी दिनको लागी स्ंवय स्थानिय सरकारले नै योजना बनाएर काम गर्नु पर्ने सुझाब दिएका थिए ।

उत्त समिक्षा गोष्ठी कार्यक्रममा सुनिलस्मुति गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकी, परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढामगर, ,सुनिलस्मृति गाउँपालिका उपाध्यक्ष मिना थापा, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, रोल्पा नगरपालिका प्रमुख प्रसासकिय अधिकृत महेन्द्र पराजुली,सुनिलस्मृती गाँउपालिका प्रमुख प्रसासकिय अधिकृत दिनेश पौडेल, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचन मगर, डिकोस रोल्पाका उपाध्यक्ष श्रवन नेपाली, सस्थापक सभापति काशिराम डाँगी, पुर्व अध्यक्ष खेम बहादुर बुढा, रोल्पा नगरपालिका बैदेशिक रोजगार केन्द्रको फोकल प्रसन बेदुराम आचार्य, रुन्टिगढी गाँउपालिका बैदेशिक रोजगार केन्द्रको फोकल प्रसन दिपेन्द्र घर्ति, सुनिलस्मृती गाँउपालिका बैदेशिक रोजगार केन्द्रको फोकल प्रसन प्रतिभा पौडेल, आप्रवासी संरक्षण केन्द्रका अध्यक्ष शन्दिप थापा, बर्तमान सचिव लोकेन्द्र चन्द, रोल्पा नगरपालिका प्रेस संयोजक देबि गुरुङ, लगाएत विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकार लगाएत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो । समिक्षा कार्यक्रमको संचालन सामि कार्यक्रमका कार्यक्रम संयोजक सरद पोख्रेलले गर्नु भएको थियो

    

प्रतिक्रिया दिनुहोस्