Ad image

कार्यबाहक वडा अध्यक्ष रक्सीको मातमा मस्त ! वडा कार्यालय भयो बिचल्ली

मालश्री खबर
मालश्री खबर २६ चैत्र २०७९, आईतवार
2 Min Read
Aa

 

विरन्द्र घर्तिमगर
मालश्री खबर चैत २६ गते, रोल्पा । 

रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष का.बा वडा सदस्य नन्दलाल बस्नेत रक्सीको मातमा आफ्नै घरबाट सेवाग्राही लाई सिफारिस गर्दै पठाएको पाइएको छ । उहाँ गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले रुन्टिगढी गाउँपालिका वडा नम्बर ५ बाट निर्वाचित वडा सदस्य हुनुहुन्छ । वडा अध्यक्ष गोबिन्द बहादुर डागी केही दिन यता बिदामा हुनुहुन्छ । अध्यक्ष आफू बिदामा भएकाले वडा सदस्य नन्दलाल बस्नेतलाई का.बा दिएर बिदामा बाहिर हुनुहुन्छ ।

- Advertisement -
Ad image

यसै क्रममा शुक्रबार बिहान १०ः०० बजे स्थानीय सेवाग्राही सागर बि.क योजना सिफारिसमा हस्ताक्षर गराउन वडा नम्बर ५ को कार्यालय पुग्नु भयो । उहाँले वडा कार्यालयमा वडा अध्यक्षलाई १२ः०० बजे सम्म पर्खनु भयो । तर वडा अध्यक्ष कार्यालयमा आइपुग्नु भएन , त्यस प्रश्वात उहाले वडा अध्यक्षलाई फोन गर्दा उहाले सोही वडाको वडा सदस्य नन्दलाल बस्नेतलाई का.बा दिएको जानकारीदिनु भयो ।

जानकारी पाय लगत्तै बि.क ले वडा सदस्य बस्नेतलाई फोन गर्दा उहाको श्रीमतीले फोन उठाउनु भयो र भन्नुभयो उहाँ १ दिन अगाडि देखि नै रक्सीको नसामा घरमै सुतिरहनु भएको छ । त्यस प्रश्वात बि.क सिफारिसमा हस्ताक्षर गराउन उहाँको घरमै पुग्नु भयो तर उहाँ पुग्दा वडा सदस्य बस्नेत रक्सीको नसामा भएकाले हस्ताक्षर गर्ने अबस्थामा नभएको बि.क ले बताउनु भएको छ ।

साथै बि.क ले सामाजिक संजालमा सोही वडा सदस्य बस्नेतको भिडियो पोष्ट गर्दै स्थानीय नागरिकहरुले दिन प्रतिदिन यसैगरी दुःख भोग्नु परेको बताउदै उहाले भन्नुभयो म सङ्ग साधन थियो र उहाँ समक्ष गइ सिफारिसमा हस्ताक्षर गराएर फर्कीए साधन नभएकाले के गर्ने ? त्यस कारण आफुले यहाँ न्याय र कानुन नभएको महसुस गर्दै कुनैपनी जनप्रतिनिधिहरुले राज्यले दिएको अधिकार् र कर्तव्य पूरा नगर्नु गलत भएका कारण तत्काल उहाँलाई कार्वाहीको माग गर्नुभएको छ । उहाँलाई तत्काल कार्वाही नभए दिन प्रतिदिन अन्य जनप्रतिनिधिहरुले समेत कमजोरी गर्दै जाने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array