Ad image

राप्ती साहित्य परिषद रोल्पाको १४ औँ साधारण तथा शुभकामना आदान प्रदान सम्पन्न

मालश्री खबर
मालश्री खबर २५ चैत्र २०७९, शनिबार
2 Min Read
Aa

भरत बिश्वकर्मा  /मालश्री खबर चैत २५ गते, रोल्पा ।
राप्ती साहित्य परिषद जिल्ला शाखा रोल्पाको १४ औँ साधारण सभा तथा नयाँ वर्ष २०८० सालको शुभकामना आदान प्रदान कार्यक्रम लिवाङमा सम्पन्न भएको छ । कार्यक्रम राप्ति साहित्य परिषद् जिल्ला शाखा रोल्पाका अध्यक्ष कबिता उपाध्यायको अध्यक्षतामा भएको आयोजकले जानकारी दिएको छ । कार्यक्रमको प्रमुख अतिथिका रुपमा राप्ति साहित्य परिषद जिल्ला शाखा रोल्पाका संस्थापक अध्यक्ष तथा हालका सल्लाहाकार एंव अग्रज साहित्यकार डीबी टुहुरो रहनु भएको थियो ।

कार्यक्रमका अन्य अतिथिहरुमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नवीन लोचन मगर, नेपाली लेखेक संघ रोल्पाका उपाध्यक्ष गोर्कण पुन, ललित साहित्य परिषद रोल्पाका अध्यक्ष देवि कुमारी गुरुङ, नेपाली लेखक संघका अध्यक्ष गोकर्ण पुन, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रोल्पाका अध्यक्ष दिपेन थापामगर, सास्कृतिक संघ रोल्पाका अध्यक्ष सागरबाबु पुन लगाएत बिभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार, साहित्यकार कलाकार, लगाएतको उपस्थित रहेको थियो ।

- Advertisement -
Ad image

कार्यक्रमको स्वागत मन्तव्य राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाका उपाध्यक्ष भानुभक्त सन्यासीले गर्नभएको थियो भने कार्यक्रमको सञ्चालन राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाका सचिव तिलक जि.एम. ले गर्नुभएको थियो । कार्यक्रमा सहभागीहरुले साहित्य रचना समेत वाचन गरेका थिए । सोहि कार्यक्रमको अवसरमा साहित्यकार भानुभत्त सन्यासी, चित्र बहादुर डाँगी, लालकुमारी खत्रीलाई राप्ती साहित्य परिषद् रोल्पाको आजिवन सदस्य समेत प्रदान गरिएको थियो ।


कार्यक्रममा बोल्ने अधिकांस बत्ताहरुले रोल्पा साहित्य र कला क्षेत्रको उर्वर भुमि भएको बताएको छन् । तर पनि पछिल्लो समय साहित्यीक, कलाकारीताको जमघट अलि पातलो हुने गरेको भन्दै चिन्ता समेत ब्यत गरेका छन् । आगामी दिनमा त्यस्ता खालका कार्यक्रमहरु प्रत्यक महिनाको एक पटक गर्न सकेमा रोल्पाको कला र साहित्यको विकास हुने बताएका छन् । परिषद्को बार्षिक साधारण सभाको अवसर पारेर संस्थाको आर्थिक र सांगठनिक प्रगती प्रदेन समेत प्रस्तुत गरिएको थियो ।

   

प्रतिक्रिया दिनुहोस्

Array