Ad image

रोल्पामा भिरबाट लडेर एक जनाको मृत्यु

मालश्री खबर
मालश्री खबर २४ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर चैत २४ गते, रोल्पा ।

रोल्पामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । परिवर्तन गाउाँपलिका वडा नम्बर १ कुरेरी निवासी ४५ वर्षिय बुद्धीवल बुढामगरको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

विहीबार विहान १० बजे आफ्नै घर देखि २ किलोमिटर दक्षिणको रिमुली गैरा जंगलमा झ्याक्रा काट्न गएका बुढा वेलुकी सम्म पनि घर नफर्किए पछि परिवार र आफन्तीले खोज तलास गरेका थिए ।

- Advertisement -
Ad image

खोज तलास गर्दै जादा आफान्ती र घरपरिवाले बुढालई रातको १० वजे घाईते अवस्थामा उक्त भिरको जंगलमा फेला पारेका थिए । बुढा रिमुल गैराको भिरको जंगलबाट करीब १५ मिटिर तल खेसेको बताईएको छ ।

उनको टाउको, मुख र शरीरको विभिन्न भागमा कोतरीएको प्रहरी चौकी कुरेलीले बताएको छ । घाईते अवस्थामा भेटिएका बुढालाई उपचारको लागि जिल्ला अस्पताल रेउघामा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी चौकी कुरेलीले जाकरी दिएको छ ।

थप अनुसन्धानको इलाका प्रहरी कार्यलय घर्तिगाउँ रोल्पाबाट प्रहरी टोली खटिएको र मृतको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय रोल्पाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array