Ad image

सुनिलस्मृति गाउँपालिकाको प्रशासनिक भवन तिब्र रुपमा निमार्ण हुँदै

मालश्री खबर
मालश्री खबर २३ चैत्र २०७९, बिहीबार
2 Min Read
Aa

गणेश केसी
सुनिलस्मृति गाउँपालिकाको प्रशासनिक भवन तिब्र रुपमा निमार्ण भइरहेको छ । गाउँपालिकाको आफ्नै लगानिमा ३९ कोठे अत्याधुनिक भवन निमार्ण भइरहेको हो ।

आर्थिक वर्ष २०७८–०७९ बाट निमार्ण कार्य सुरु गरिएको प्रशासनिक भवन मिति २०८० साल वैशाख २८ गते सम्म सम्पन्न गरि सक्नु पर्ने सम्झौता भएको सुनिलस्मृति गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश पौडेले जानकारी दिनु भएको छ । ८ करोड २३ लाख ६४ हजार ३ सय ८९ रुपैया अनुमानित लागतमा सम्पन्न हुने भवन पन्थ आकृति जेभिले ५ करोड ६१ लाख ६३ हजारमा निमार्ण गर्ने जिम्मा पाएको छ ।

३९ अत्याधुनिक कोठा १ वटा सुविधा सम्पन्न हल सहित तिन तल्लाको निर्माण हुन लागेको प्रशासनिक भवनको अहिले सम्म ३० प्रतिशत काम सम्पन्न भएको सुनिलस्मृति गाउँपालिकाका इन्जिनियर अर्जुन श्रेष्ठले जानकारी दिनु भएको छ । गाउँपालिकाका अध्यक्ष बुढाथोकी र गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पौडेलले बुधबार मात्र भवनको कार्यसम्पादन प्रगतिको अनुगमन गर्नु भएको थियो ।

जिल्लामै पहिलो पटक लिफ्ट सहित बन्न लागेको अपांग मैत्री भवन गाउँपालिकाको आफ्नै लगानीमा सुरुवात गरिएको हो । भवन निर्माण सुरु गर्दा जग्गा गाउँपालिकाको नाममा नभएकाले गाउँपालिकाले अहिले सम्म आफ्नै लगानीमा पालिका भवन निमार्णका लागि बजेट विनियोजन गर्दै आएको गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

अहिले जग्गा गाउँपालिकाको नाममा आइ सकेकाले आगामी आर्थिक वर्षदेखि प्रदेश वा संघिय सरकारको बजेट पनि निर्माणाधिन भवनमा विनियोजन गर्ने बाटो खुल्ने पौडेलको भनाई छ । १ करोड ५० लाख खर्च भई सकेको भवनको निर्माण कार्य सन्तोष जनक भएको र सम्झौता मिति भित्रै काम सम्पन्न हुनेमा आफु ढुक्क रहेको गाउँपालिकाका अध्यक्ष बुढाथोकीको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array