Ad image

रोल्पाको फगाममा निःशुल्क पशु शिबिर कार्यक्रम सम्पन्न

मालश्री खबर
मालश्री खबर १९ चैत्र २०७९, आईतवार
2 Min Read
Aa

भरत विश्वकर्मा / मालश्री खबर चैत १९ गते, रोल्पा ।

 

रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ६ फगाम रोल्पाको आयोजना तथा पशु सेवा केन्द्र रोल्पाको सहयोगमा आज निःशुल्क पशुपन्छिको लागी औषधी वितरण तथा शिबिर कार्यक्रम सम्पन्न भएको छ । अहिलेको समय भनेको वनस्पतीमा नयाँ पालुवा पलाउने समय भएकोले पलाएको पालुवामा अधिकतम मात्रामा पोषण तथा बिशेष प्रकारको बिषालु हुने भएकोले यस्ता घास खाएपछि अचानक पशुपन्छी बिरामी हुने साथै मृत्यु समेत हुनेभएको हुँदा औषधि वितरण गरिएको हो ।

- Advertisement -
Ad image

शिबिरमा पशुपंक्षीहरुलाई मुखबाट फिज निकाल्ने, पेट ढाडिने, छेर्ने, पशुको शरीर काप्ने जस्ता लक्षण देखिने बताईएको थियो । उक्त लक्षण देखिएमा कागतीको रस (अमिलो) ,पद चाप (चुल्ठो) को सर निकाली ठुलो पशुलाई ५० देखि १०० एम.एल, तोरीको तेल १०० एम.एल, कालो चिया २ देखी ३ कप खुवाउने खुवाइसकेपछि प्रयाप्त मात्र पानी दिने बताइएको छ । कार्यक्रममा पशुमा देखिने जूम्रा, उपिया, किर्नाहरु, बिषाणु देखी हुने रोगहरु खोरेत,गौगिटी,आइ.बि.आर, रेबिज, मुआलो, कुकुरमा हुने डिस्टेम्पर, कुखुराको हैजाको बारेमा सल्लाह सुझाव ददिइएको थियो ।

उक्त कार्यक्रममा अन्य किसानले बताए पशुहरुको लक्षण अनुसारको औषधि समेत दिइएको थियो । उक्त कार्यक्रममा सुनछहरी गाउँपालिका वडा नम्बर ६ र ७ का पशु प्राविधिक कर्मचारी शेरबहादुर ओलिको नेतृत्वमा सुनछहरी गाउँपालिका वडा नम्बर ७ को रोल्वाङ मा.वि थप प्राबिधिक शिक्षालय जेलबाङ रोल्पामा अध्ययनरत सम्पुर्ण प्राबिधिक धार तर्फका विद्यार्थीहरुको समेत सहभागीतामा औषधी वितरण गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array