Ad image

वृक्षारोपण गरी वडा अध्यक्ष वलीले मनाए आफ्नो जन्मदिन

मालश्री खबर
मालश्री खबर १९ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

सुर्यप्रकाश बुढामगर / मालश्री खबर चैत १९ गते, रोल्पा ।

परिवर्तन गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिलबहादुर वलीले आफ्नो जन्मदिनको अवरमा सावर्जनिक स्थलमा वृक्षा रोपण गर्नु भएको छ । आसन्न २०७९ बैशाख ३० मा परिवर्तन गाउँपालिका वडा नम्बर ५ मा निर्वाचित वलीले ५० औँ वसन्त पार गरेकोमा वृक्षा रोपण गरेको वलीले बताउनु भएको छ । वलीले ५ वटा धुपी सल्लाको विरुवा रोप्नु भएको हो । उहाँले ५ नम्बरको वडा कार्यालयमा २ वटा र स्वास्थ्य चौकी राङ्कोटमा २ वटा र आफ्नै घरमा १ वटा धुपी सल्लाको विरुवा रोप्नु भएको हो ।

पश्चिामेली संस्कार र संस्कृतिलाई रोक्नको लागि उहाँले नयाँ तरीका अनुसार आफ्नो जन्मदिन मनाएको बताउनु भएको छ । अहिले विभन्न पार्टी प्यालेस, महंगो रेष्टुरेन्टमा गएर केक काटी फजुल खर्च गरेर जन्मदिन मनाउने प्रवृत्ति नराम्रो भएको भन्दै यस्तो विकृतिले अर्थतन्त्रलाई आर्थिक मन्दीतर्फ लैजाने उहाँको भनाई छ ।

- Advertisement -
Ad image

साथै उहाँले अहिले विश्वमा जलवायु परिवर्तनले मानविय क्षति हुने गरेको बताउदै वातावरण संरक्षण र स्वस्थकर पर्यावरणको निर्माण गर्नको लागि वृक्षा रोपण गरी वातावरणीय संरक्षणको थालनी गरेको बताउनु भएको छ ।  आफ्नो संस्कार र संस्कृतिलाई बचाई राख्न र आगामी भावी पुस्तालाई वातावरण संरक्षण गर्नु पर्छ भन्ने पाठ सिकाउनको लागि वृृक्षा रोपणगरी जन्मदिन मनाएको रेडियो मालश्रीलाई जनाकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array