Ad image

मोतियाविन्दुको निःशुल्क शल्यक्रिया शिविर सम्पन्न, १०१ जनाको सफल शल्यक्रिया

मालश्री खबर
मालश्री खबर १७ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

 

उमा बस्नेत/मालश्री खबर चैत १७ गते, रोल्पा
तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डाँै, जिल्ला सामुदायिक आँखा केन्द्र लिवाङ र नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाको आयोजनामा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया शिविर सम्पन्न भएको छ । हिजो र आज माडि गाउँपालिका २ घर्तीगाउँ स्वास्थ्य चौकीको भवनमा उक्त शिविर सञ्चालन भएको जिल्ला सामुदायिक आँखा केन्द्रका संस्थापक अध्यक्ष नौलसिङ पुनले जानकारी दिनुभएको छ ।

मोतियाविन्दुको शल्यक्रियाको लागि तिलगंगा आँखा प्रतिष्ठान काठमाडौका डा. होम गुरुङ, डा. कृपा जोशी, जिल्ला सामुदायिक आँखा केन्द्रका टिमे मोतिया विन्दुको शल्यक्रिया मा खटिएको पुनले रेडियो मालश्रीलाई जानकारी दिनु भएको छ । हिजो र आज गरी शल्यक्रिया शिविरमा ५७ जना महिला र ४४ जना पुरूष गरी जम्मा १०१ जनाको सफल शल्यक्रिया गरीएको आयोजकले बताएको छ ।

- Advertisement -
Ad image

शिविरमा छनोट भएका मध्य ४४ जना अनुपस्थित भएको आयोजकले बताएको छ । उत्त शिविरलाई मध्यनजर गर्दै आयोजकले रोल्पा र रुकुमका विभिन्न स्थानमा १ दिने मोतियाविन्दु छनौट शिविर फागुन १८ गते देखी चैत्र ४ गते सम्म सञ्चानल गरेको थियो ।

   

प्रतिक्रिया दिनुहोस्

Array