Ad image

माध्यमिक शिक्षा परीक्षा (SEE) को गाउँपालिका अध्यक्ष बुढाथोकीद्धारा अनुगमन

मालश्री खबर
मालश्री खबर १७ चैत्र २०७९, शुक्रबार
2 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर चैत १७ गते , रोल्पा ।

सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले  माध्यमिक शिक्षा परीक्षा (SEE) को दुई केन्द्रमा शुक्रबार आज अनुगमण  गर्नु भएको छ । बुढाथोकीले सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ मा रहेको सुर्योदय माध्यमिक विद्यालय र वडा नम्बर २ मा रहेको त्रिपुरेश्वरी माध्यमिक विद्यालयमा अनुगमान गर्नुभएको हो। अनुगमनको क्रममा विद्यार्थीहरुले शान्त र भयरहित वातावरणमा परिक्षा दिईरहेको बताउनु भएको छ ।


आजबाट सुुरू भएको माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थीहरूलाई अध्यक्ष बुढाथोकीले सफलता सहित उज्जवल भविष्यको कामना व्यक्त गर्नु भएको छ । साथै उहाँले एस.ई.ई. परीक्षालाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आ–आफ्नो ठाउँमा भूमिका खेल्न परीक्षासँग सम्बन्धित सबैमा हार्दिक अपील समेत गर्नु भएको छ ।

सुनिलस्मृति गाउँपालिकामा यस बर्ष एस.ई.ईको परिक्षा मा ६ सय ९ जना विद्यार्थी सहभागी भएका छन् । गाउँपालिकाले ३ वटा परिक्षा केन्द्र बनाएर एस.ई.ईको परिक्षा सञ्चालन गरीरहेको छ । पालिकामा परिक्षा सञ्चालनको लागि सुर्योदय माध्यमिक विद्यालय, त्रिपुरेश्वरी माध्यमिक विद्यालय र चन्द्र प्रभा माध्यमिक विद्यालय गरी ३ वटा केन्द्र रहेका छन् । चन्द्र प्रमा मावि केन्द्रमा १ सय ४५ जना विद्यार्थीहरुले परिक्षा दिदैछन । सुर्योदय माविमा २४२ परिक्षार्थी सहभागी छन् भने त्रिपुरेश्वरी माविमा २ सय २२ जना विद्यार्थीहरु परिक्षामा सहभागी भएको सुनिलस्मृति गाउँपालिका शिक्षा शाखा प्रमुख यादव केसीले बताउनु भएको छ । देशै भर आजबाट संचालन भएका एस.ई.ईको परिक्षा आगामी चैत्र २९ गते सकिने छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array