‘रोल्पाको विकास र समृद्धिमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम लिबाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर १६ चैत्र २०७९, बिहीबार
5 Min Read
Aa

किरणबाबु वली / मालश्री खबर, चैत १६ गते, रोल्पा ।
नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा ‘रोल्पाको विकास र समृद्धिमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम लिबाङमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनको प्रमुख आतिथ्यता र जिल्ला समन्वय समिती रोल्पाका प्रमुख सिता आचार्य, नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष तथा सल्लाहकार काशिराम डाँगी, रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्तिमगर र प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे बिशेष आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम गरिएको नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्दले जानकारी दिनु भएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस रोल्पाका पाटी सभापति किशोर कुमार आचार्य , नेकपा एमाले रोल्पाका अध्यक्ष बालाराम घर्ति मगर, नेकपा माओबादी केन्द्र रोल्पाका जिल्ला अध्यक्ष गुणेन्द्र घर्ति , नेकपा एकिकृत समाजवादी रोल्पाका अध्यक्ष टंक बहादुर बुढा, राष्ट्रिय प्रजातन्त्र पाटी रोल्पाका अध्यक्ष अम्मर बहादुर थापा, नेपाल कम्युनिष्ट पाटीका केन्द्रिय परिषद सदस्य टिकाराम नेपाली, रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष केशब कुमार आचार्य, पुर्ब अध्यक्ष खेम बहादुर बुढा मगर, सल्लाहकार तथा निर्बमान अध्यक्ष महेश न्यौपाने, सल्लाहकार तथा निर्बमान अध्यक्ष मानसिंह बिश्वकर्मा, नेपाल पत्रकार महासंघ राष्ट्रिय परिषद सदस्य कबिता उपाध्याय, सल्लाहकार माधब कुमार ओली र समाजसेवी तथा राजनितिज्ञ कृष्ण बहादुर घर्तिमगरले शुभकामना मनतव्य राख्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ रोलपाका अध्यक्ष नबिनलोचन मगरको अध्यक्षतामा भएको कार्यक्रमको अवसरमा बटुक दल गण रोल्पाका गणपती सहसेनानी सन्तोष चन्द, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक श्याम सारु मगर, सशस्त्र प्रहरी बल रोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक भरत बहादुर बिसी, गैर सरकारी संस्थामहासंघ रोल्पाका उपाध्यक्ष सुभद्रा रेग्मी,जलजला बहुमुखि क्याम्पस रोल्पाका क्याम्पस प्रमुख खेम बहादुर खड्का, निर्माण व्यवसायी संघ रोल्पाका अध्यक्ष मान बहादुर खत्री, नेपाल लेखापढी कानून व्यावसायी एशोसिएसन रोल्पाका उपाध्यक्ष लिलाधर आचार्य, जिल्ला खेलकुद बिकास समिती रोल्पाका अध्यक्ष मोलङ घर्ति, स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख नोखराज पोख्रेल, डिभिजन बनकार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख, भू-तथा जलाधार कार्यालय रोल्पाका प्रमुख रोबट महरा, मालपोत कार्यालय रोल्पाका कार्यालय प्रमुख डिल्लीराज न्यौपाने, नापी कार्यालय रोल्पाका प्रतिनिधी धर्मजित विसी, जेष्ठ नागरिक संघ रोल्पाका अध्यक्ष तेजराज आचार्य, घरेलु तथा साना उद्योग महासंघ रोल्पाका अध्यक्ष मिलन डाँगी, बरिष्ट अधिबत्ता एंव समाजसेवी तथा राजनितिज्ञ जित बिक्रम मल्ल, अधिकार कर्मि श्रीकुमारी रोका, राष्ट्रिय उपभोक्ता मञ्च लुम्बिनी प्रदेशका संयोजक मोहन परियार, स्वास्थ्यकर्मि तथा अधिकारकर्मि कुल बहादुर डाँगी, आइ.एन.एफ. रोल्पाका जिल्ला संयोजक केदार राना, ललित साहित्य परिषद रोल्पाका अध्यक्ष के.बी. बिरही, प्रेस चौतारी रोल्पाका अध्यक्ष तिलक घर्तिमगर, प्रेस सेन्टर रोल्पाका अध्यक्ष देबी गुरुङ लगाएतको आतिथ्यता रहेको थियो ।

कायक्रममा जिल्लामा क्रियाशिल बिभिन्न सञ्चार माध्यमा कार्यरत पत्रकार लगाएत अन्य सरोकारवाला पक्षहरुको पनि सहभागिता रहेको थियो । नेपाल पत्रकार महासंघ रोल्पाका उपाध्यक्ष खुविना सुनारी मगरको स्वातग मनतव्य बाट सुरु भएको कार्यक्रमको सञ्चाल नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्दले गर्नु भएको थियो । कार्यक्रमको अवसरका पत्रकार सन्तोष गन्दर्वले आफ्नो स्र्वगिय बाबु हिमकान्त गन्दर्वको सम्झनामा स्थापना गरेको “हिमकान्त गन्धर्व स्मृति संगीत पत्रकारिता सम्मान २०७९” बाट नेपाल पत्रकार महासंघ रोल्पाका पुर्ब अध्यक्ष अन्नपुर्ण कर्मि खेम बहादुर बुढामगरलाई सम्मान समेत गरिएको नेपाल पत्रकार महासंघ रोल्पाले जानकारी दिएको छ । कार्यक्रमको सामुदायिक रेडियो मालश्री, रेडियो रोल्पा र रेडियो जलजला बाट प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।

   

 

कार्यक्रमका प्रमुख अतिथी तथा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र पुनले पत्रकारीता पशेमा कहिले काही विषय वस्तुहरु बहकिने खालको हुने भएकाले त्यस तर्फ ध्यान दिदै सत्य, तथ्य र निष्पक्ष रुपमा कलम चलाउन सम्र्पुण पत्रकारहरुलाई आग्रह गर्नु भएको छ । विगत र वर्तमान भन्दा भविष्यमा पत्रकारीता जगत राम्रो होस भन्नको लागि वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेकोमा प्रसंसा व्यक्त गर्दै पत्रकार महासंघको ६८ आँै स्थापना दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको छ । साथै पुनले पत्रकार राज्यको चौथो अंग भएकाले आफ्नो समाजमा भएका आम जनताको दुःख, पीडा, समस्या बाहिर ल्याउनमा अह्म भुमिका खेल्ने बताउनु भएको छ ।

कलमको माध्यमबाट बाहिर लिएका ति आमा जनताको समस्यालाई देखाउने मात्र होईन समाधान गर्ने तर्फ पनि पत्रकारले भुमिका खेल्नु पर्ने बताउनु भएको छ । आफ्नो स्वार्थ भन्दा माथि उठेर मानविय धर्मलाई ख्याल गर्दै पत्रकारहरुले आफ्नो पेशालाई मर्यादित बनाउन समेत सुझाव दिनु भएको छ । फरक प्रसंगमा बोल्दै पुनले देश विकासको लागि आर्थिक, भौतिक, मानविय सम्पुर्ण साधनको आवश्यकता पर्ने बताउनु भएको छ । देशमा अहिले नविनतम प्रविधिको विकास भएकाले मानविय पुँजीको काम घट्दो क्रममा भएकाले यसले बेरोजगारी बनाउने दर वढी भएको बताउनु भएको छ । प्रविधिको विकासले देशको भौतिक पुर्वाधारमा तिव्र विकास भएता पनि मानविय पुँजीलाई सहि ठाउँमा परिचालन गर्न नसक्नु आजको चुनौति भएको बताउनु भएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्