Ad image

सुकिदह युवा क्लबको पाँचौ वार्षिकोत्सव सम्पन्न ।

मालश्री खबर
मालश्री खबर १६ चैत्र २०७९, बिहीबार
4 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर

रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर ६ मा रहेको सुकिदह युवा क्लबको पाँचौ वार्षिकोत्सव सम्पन्न भएको छ । चैत १२ गतेदेखि १५ गतेसम्म नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कोल्बोट नाफेको प्राङ्गणमा आयोजना गरिएको चैत वार्षिकोत्सव १६ गते बिहीबार सम्पन्न भएको हो ।

“आजको आवश्यकता, समाजको बिकासमा युवा सहभागिता“ भन्ने मूल नाराका साथ सुकिदह युवा क्लबले आफ्नो पाँचौं वार्षिकोत्सव आयोजना गरेको थियो । जसमा साबिकको शुद्ध वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता, एकल नृत्य प्रतियोगिता र घैटाफोर प्रतियोगिता लगाएतका प्रतियोगिताहरुको आयोजना गरिएको थियो ।

साबिकको शुद्ध वडा स्तरीय प्रतियोगितामा प्रथम युवा मिलन समूह भूमे गाउँपालिका–९ चुन्बाङ भएको छ । समुहले पुरस्कार नगद ४० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितीय जनचेतना युवा समूह परिवर्तन गाउँपालिका–५ राङ्कोट ट्याम भएको छ । समुहले नगद पुरस्कार रु २५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तृतीय आयोजक सुकिदह युवा क्लब परिवर्तन गाउँपालिका–६ नाफे भएको छ क्लवले नगद पुरस्कार रु १५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सान्त्वना पूर्णिमा सांस्कृतिक युवा समूह परिवर्तन गाउँपालिका–४ पाछाबाङ भएको छ । समुहले नगद पुरस्कार रु १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

- Advertisement -
Ad image

खुल्ला महिला भलिबल प्रतियोगितामा प्रथम नवदुर्गा युवा समूह परिवर्तन गाउँपालिका–३ थुनिकोट भएको छ । समुहले नगद पुरस्कार रु २५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितीय सुन्दर समाज युवा क्लब भूमे गाउँपालिका–९ चुन्बाङ भएको छ । क्लबले पुरस्कार नगद रु १५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तृतीय पिपल छाहरी युवा समूह परिवर्तन गाउँपालिका–६ कर्तम भएको र पुरस्कार नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।सान्त्वना आयोजक सुकिदह युवा क्लब परिवर्तन गाउँपालिका–६ नाफे भएको छ र पुरस्कार नगद ५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

एकल नृत्य प्रतियोगितामा प्रथम मनिषा बुढा मगर परिवर्तन गाउँपालिका–६ महिबाङ पुरस्कार नगद रु ३ हजार सहित प्रमाणपत्र प्राप्त गरेकी हुन । द्वितीय लक्ष्मी घर्ती मगर परिवर्तन गाउँपालिका–६ थानेकोट पुरस्कार नगद २ हजार सहित प्रमाणपत्र प्राप्त गरेकी छिन । तृतीय रमिला थापा मगर परिवर्तन गाउँपालिका–३ टाइबाङ पुरस्कार नगद रु १ हजार सहित प्रमाणपत्र प्राप्त गरेकी हुन । लोक दोहोरी प्रतियोगितामा कसैले पनि भाग नलिएकाले स्थगित भएको छ । घैटाफोर प्रतियोगितामा रेणुका बुढा मगर प्रथम भएकी हुन पुरस्कार नगद २ हजार सहित प्रमाणपत्र प्राप्त गर्नु भएको छ ।

सुकिदह युवा क्लबका अध्यक्ष गगन बुढा मगरको अध्यक्षतामा भएको समाम्पन्न कार्यक्रमको प्रमुख आतिथीमा परिवर्तन गाउँपालिका–६ का वडा अध्यक्ष भरत कुमार बुढा मगर रहनु भएको थियो भने विशिष्ट आतिथीमा परिवर्तन गाउँपालिका–६ का निवर्तमान वडा अध्यक्ष भान्सिङ बुढा मगर रहनु भएको थियो । कार्यक्रमको अन्य अतिथीहरुमा नेपाली कांग्रेस परिवर्तन गाउँपालिका–६ का सभापति बीरबहादुर घर्ती मगर, परिवर्तन गाउँपालिका–६ का निवर्तमान वडा सदस्य दलबहादुर पुन मगर र बागलुङ जिल्ला अदालतमा कार्यरत दिनेश बुढा मगर लगाएतको रहनु भएको थियो ।

 

समापन कार्यक्रममा क्लबका अध्यक्ष, प्रमुख अतिथी, विशिष्ट अतिथी र अतिथीले अबिर ल्यापन, पुरस्कार बितरण, मेडल बितरण र प्रमाणपत्र बितरण गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सुकिदह युवा क्लबका संयोजक रबिन बुढा मगरले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array