Ad image

चैत्र १६ र १७ गते हुने मोतियाविन्दुको निःशुल्क शल्यक्रिया शिविरको लागि शल्यचिकित्सकको टोली घर्तिगाउँमा

मालश्री खबर
मालश्री खबर १५ चैत्र २०७९, बुधबार
3 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर, चैत्र १५ गते, रोल्पा ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डाँै, जिल्ला सामुदायिक आँखा केन्द्र लिवाङ र नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाको आयोजनामा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ । चैत्र १६ र १७ गते माडि गाउँपालिका २ घर्तीगाउँ स्वास्थ्य चौकीको भवनमा उक्त शिविर सञ्चालन हुने जिल्ला सामुदायिक आँखा केन्द्रका संस्थापक अध्यक्ष नौलसिङ पुनले जानकारी दिनुभएको छ । मोतियाविन्दुको शल्यक्रियाको लागि तिलगंगा आँखा प्रतिष्ठान काठमाडौका डा. होम गुरुङ, डा. कृपा जोशी, जिल्ला सामुदायिक आँखा केन्द्रका टिम र अन्य स्वास्थ्यकर्मीको टोलि घर्तिगाउँ पुगीसकेको पुनले रेडियो मालश्रीलाई जानकारी दिनु भएको छ ।


उत्त शिविरलाई मध्यनजर गर्दै आयोजकले रोल्पा र रुकुमका विभिन्न स्थानमा १ दिने मोतियाविन्दु छनौट शिविर फागुन १८ गते देखी चैत्र ४ गते सम्म सञ्चानल गरेको थियो । रोल्पा र पुर्वी रुकुममा गरीएको सो मोतियाविन्दुको छनोट शिविरबाट करीब १४५ जना छनौट भएका थिए । छनोटमा परेका मोतियाविन्दुका विरामीहरुलाई २ दिन सम्म सेवा दिईने बताइएको छ ।

 

आयोजकले फागुन १८ गते गंगादेव गाउँपालिका वडा नम्बर ४ को पाखापानी स्वास्थ्य चौकी म्वालेखोला र फागुन २० गते गंगादेव गाउँपाकिला वडा नम्बर १ को ओत स्वस्थ्य चौकी मेलडाँडामा शिविर सञ्चालन गरेको थियो । त्यसैगरी फागुन २१ गते माडि गाउँपालिका वडा नम्बर १ पेडीखोला वडा कार्यलयमा र फागुन २५ गते वडा नम्बर ६ कोर्चाबाङ स्वस्थ्य चौकी मिनाहीमा, सोही दिन अर्थात फागुन २५ गतेनै परिवर्तन गाउँपालिका वडा नम्बर ४ आरखोला राक्सेबाङ स्वास्थ्य चौकी पाछाबाङमा शिविर सञ्चालन गरेको हो । फागुन २६ गते माडी गाउँपालिका ४, खर्सुडाँडा आधारभुत स्वस्थ्य चकेन्द्रमा शिविर आयोजना गरीएको थियो । सोही दिन अर्थात फागुन २६ गते नै भुमे गाउँपालिका ९ चुनबाङ गैरीगाउँ स्वास्थ्य चौकी पुर्वी रुकुमा, फगुन २७ गते परिवर्तन गाउँपालिका ६ ओबाङमा, फागुन २८ गते पुथा उत्तरगंगा गाउँपालिका कार्यालय तक पुर्वी रुकुममा, फागुन २९ गते थबाङ गाउँपालिका ४ सामुदायिक स्वस्थ्य इकाई थर्पुमा, फागुन ३० गते परिवर्तन गाउँपालिकाको कार्यालय पुतलाचौरमा र चैत्र ४ गते त्रिवेणी गाउँपालिका १ करेटीमा मोतियाविन्दु छनौट शिविर सञ्चालन गरेको थियो । शिविरमा अप्रेशन गुर्नपर्ने बिरामीले खान र बस्नको व्यवस्था भने आफैले गर्नु पर्ने आयोजकले बताएको छ । साथै अप्रेशन गर्नुपर्ने महिलाहरुलाई अप्रेशन गरिसकेपछि रु १ हजार नगद प्रदान गर्ने बताईको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्