सम्मुनती–डिजिटल फाईनान्स परियोजना शुभारम्भ तथा परिचयात्मक कार्यक्रम लिबाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर १४ चैत्र २०७९, मंगलवार
7 Min Read
Aa

लोकेन्द्र चन्द / मालश्री खबर चैत्र १४ गते, रोल्पा ।
सम्मुनती–डिजिटल फाईनान्स परियोजना शुभारम्भ तथा परिचयात्मक कार्यक्रम सदरमुकाम लिबाङमा सम्पन्न भएको छ । कार्यक्रम सम्मुनती– डिजिटल फाईनान्स परियोजना र सम्मुनती परियोजनाको संयुक्त आयोजनामा भएको आयोजकले जानकारी दिएको छ । हाल सम्मुनती परियोजनाले रोल्पा जिल्लाको रुन्टिगढि गाँउपालिका, त्रिबेणी गाँउपालिका, परिवर्तन गाँउपालिका, थवाङ गाँउपालिका दाङ जिल्लाको दंगीशरण गाँउपालिका, शान्तिनगर गाँउपालिका र रुकुम पुर्वको भूमे गाँउपालिका र पुथा उत्तरगंगा गाँउपालिका भित्र रहेका बिभिन्न वडाहरुमा आयोजनाले काम गर्दै आएको सम्मुनती परियोजनाका उद्यम विकास अधिकृत भीम खत्रीले जानकारी दिनु भएको छ । युके एडको आर्थिक सहयोगमा प्राक्टिकल एक्शन नेपाल र विकास सरोकार समाज (डिकोस) नेपाल साझेदारीमा सम्मुनती परियोजनाले काम गर्दै आएको उद्यम विकास अधिकृत भीम खत्रीले जानकारी दिनु भयो र सम्मुनती– डिजिटल फाईनान्स परियोजना जर्सि ओभरसिज एड (JOA) आर्थिक सहयोगमा प्राक्टिकल एक्सन र डिप्रोस नेपाल सँगको साझेदारीमा काम गर्दै आएको डिप्रोस नेपालका कार्यक्रम संयोजक अमित दुवादीले जानकारी दिनु भएको छ । सम्मुनती परियोजना र सम्मुनती– डिजिटल फाईनान्स परियोजना दुबै परियोजनाको मुख्य उदेश्य भनेको कृषि उत्पादन बृद्धि, बजारीकरण र महिला सशक्तिकरणको क्षेत्रमा रहेर काम गर्ने रहेको बताइएको छ ।

हाल परियोजना संचालनमा रहेको सम्मुनती परियोजनाले कार्यक्रम लागु भएको रोल्पा, दाङ र रुकुमपुर्व जिल्लाको आठ वटा पालिकाको बिभिन्न वडामा, सन २०३० सम्ममा नेपालको चरम गरिबीलाई ५ प्रतिशत भन्दा कममा झार्ने नेपाल सरकारको दीगो बिकास लक्ष्यमा गरिवी निवारणमा योगदान पु¥याउने गरि काम गरि रहेको छ । सोहि अनुसार परियोजनाले लुम्बिनी प्रदेश अन्तरगत परियोजना क्षेत्रका ६ हजार घरधुरी (महीला, सिमान्तकृत समुदायका पुरुष र फरक क्षमता भएका ब्यक्तिहरु) को बजारमुखी कृषि उत्पादन र गैर कृषि रोजगारी बाट आर्थिक र सामाजिक उत्थानशीलतामा सुधार गर्ने उदेश्य राखेको समेत परियोजनाले जानकारी दिएको छ । जस अनुसार जलवायू मैत्री कृषी उत्पादनमा बृद्धि गर्ने, बजारमा पुँहच तथा बिस्तार गर्ने, उद्यमशिल क्षेमतामा अभिबृद्धि गर्ने, सुलभ बित्तमा पँहुच पु¥याउने र महिलाहरुकोे कार्यबोझ न्यूनिकरण तथा शसत्तिकरण गर्ने रहेको समेत बताएइको छ ।

जलवायु मैत्री कृषि उत्पादनमा बृद्धि अन्तगर्त कृषक समुहहरुमा जलवायु पाठशाला संचालन गर्ने, जलवायु मैत्री कृषि तथा उन्नत प्रबिधिहरुको प्रर्बधन गर्ने, कृषक लक्षित सहयोग (तालिम, कृषि सामाग्री र land lease) गर्ने, दुध तथा दुग्धजन्य पर्दाथहरुको मुल्य श्रृंखला बिकासमा टेवा पु¥याउने, सिंचाईमा पहुंच (सोलार, कुलो, पोखरी र साना सिंचाई प्रविधि भित्राउने, कृषि प्रसार सेवामा सुधार (अगुवा कृषक, स्थानीय सेवा प्रदायक, एग्रोभेटको क्षमता बिकास तथा परिचालन) र कृषि श्रमिकहरुको संस्थागत बिकास गर्ने गर्दै आएको छ । बजारमा पँहुच तथा बिस्तार अन्तर्गत समाबेशी बजार श्रृंखला बिकास, कृषक, स्थानीय श्रोत ब्यक्ति, सहकारी, उद्यमी, ब्यापारी बीच अन्तरक्रिया कार्यक्रम (कृषक तथा ब्यापारीहरुबीच किनबेचको सम्झौता), अध्ययन तथा अवलोकन भ्रमण (स्थानीय ब्यापारी, एग्रोभेट र मुल्य श्रृंखलाका पात्रहरु), संकलन बिन्दु-केन्द्र जस्ता साना भौतिक पुर्वाधार मर्मत तथा सुधार र बजार प्रर्बधनको लागी सहकारीहरुको क्षमता अभिदबृद्धि तथा संस्थागत बिकास गर्दै आएको छ । उद्यमशिल क्षेमता अभिबुद्धि अन्तर्गत परियोजना क्षेत्रका गैर कृषिमा आधारित संभावित उद्यमहरुको पहिचान तथा आङ्कलन ,संभावित उद्यमहरुको क्षमता बिकासमा आबश्यकता पहिचान र तालिम र व्यबसाय बिकास तथा बिस्तार (अभिमुखीकरण, तालिम, नेतृत्व बिकास तालिम, एकै प्रकृतीका व्यबसायीहरुको बीच सम्बन्ध बिस्तार गर्दै आएको छ ।

महिलाहरुको कार्यबोझ न्युनीकरण तथा शसक्तिकरण अन्तर्गत रहेर महीलाहरुको कार्यबोझ घटाउने उपकरण तथा प्रबिधिमा सहजीकरण, भेदभावपुर्ण सामाजिक मुल्य तथा मान्यताहरुलाई न्युनीकरण गर्न चेतनामुलक तालिम तथा कार्यक्रमहरु, महीला शसक्तिकरणका लागी अध्ययन तथा अवलोकन भ्रमण, स्थानीय जनप्रतिनिधिहरु, सम्बन्धित कर्मचारीहरु तथा लक्षित महिलाहरु बीच अन्तरक्रिया कार्यक्रम दलित तथा सिमान्तकृत समुहका महिलाहरुको शसक्तिकरणका लागी क्षमता अभिबद्धि कार्यक्रम गरि रहेको परियोजनाले बताएको छ । त्यस्तै सम्मुनती–डिजिटल फाईनान्स परियोजनाले पनि रोल्पा, दाङ र रुकुम पुर्ब जिल्लाका आठ वटा गाँउपालिकामा रहेर उपयुक्त वित्तिय सेवाको माग, प्रयोग, र पहुँच विस्तार गर्न महिला किसानहरुको क्षमता विकास गर्ने ५ हजार ५ सय जना साना किसानहरुका लागी विद्युतिय वित्तिय साक्षरता तालिम संचालन गर्ने, ८० जना महिला डिजिटल च्याम्पियन बनाउने, ४ हजार ४सय महिला कृषकहरुले एजेन्सि–बेस शसक्तीकरणका लागी तालिम प्राप्त गर्ने, १हजार १ सय साना कृषकहरुको कृषि सहुलियत कर्जामा पहुँच पु¥याउने लक्ष रहेको परियोजनाले बताएको छ ।

विद्युतिय वित्तिय सेवाका लागी सुचना तथा संचार प्रविधि पुर्वाधार र ईकोसिस्टम सुधार अन्तर्गत रहेर गरिब तथा विपन्न (जस्तै दलित, पिछडिएका, द्वन्द पिडित, अपाङ्गता भएका, एकल महिला, सिमान्तकृत समुह आदी) वर्गहरुलाई विद्युतिय वित्तिय सेवाको उपयुक्त प्रयोग गर्न प्रविधिक सहयोग गर्ने । (साझेदार सहकारी तथा स्थानिय निकायको सहकार्यमा गर्ने, सहकारीहरुलाई आफ्ना मुल्य श्रृंखलाहरुलाई विद्युतिय प्रविधिमार्फत कारोबार वा लेनदेन गर्न सुचना तथा संचार प्रविधि पुर्बाधारका लागी सहयोग गर्ने, नयाँ विद्युतिय वित्तिय सेवाका लागी कम्तिमा ३ वटा वित्तिय सेवा प्रदायकहरु द्वारा आर्थिक सहयोग गर्ने, विद्युतिय प्रविधि पुर्वाधार विकासका लागी कम्तिमा ४ वटा पालिकाबाट आर्थिक सपोट गरिने समेत बताइएको छ । जिल्ला समन्वय समिती रोल्पाका प्रमुख सिता आचार्यको प्रमुख आतिथ्यामा भएको कार्यक्रमा जिल्ला समन्वय समिती रोल्पाका उपप्रमुख कर्मलाल परियार, भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख डाक्टर सुकइ प्रसाद थारु, कृषि ज्ञान केन्द्र रोल्पाका नायक प्राबिधिक साहेक जिवन केसिले परियोजनाको बारेमा आफ्नो धारना राख्नु भएको थियो ।

धारना राख्ने क्रममा बत्ताहरुले परियोजनाले हाल गर्दै आएको काम अत्यन्तै राम्रो र समाजलाई आर्थिक हिसाब माथि उठाउनको लागी महत्वपुर्ण भुमिका खेल्दै आएको बताएको थिए । सम्भब भए परियोजना रोल्पा जिल्लाको चार वटा पालिकामा मात्र होइने दश वटै पालिकामा लार्गु गर्न सझाब समेत दिएको थिए । कार्यक्रममा जिल्ला समन्यव समिती रोल्पाका सम्पुर्ण जनप्रतिनीधि, क्रियाशिल पत्रकार लगाएतको सहभागिता रहेको थियो । डिकोस रोल्पाका अध्यक्ष देव बहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सम्मुनती–डिजिटल फाईनान्स परियोजना लेखा अधिकृत बिमल झाले गर्नु भएको थियो । कार्यक्रममा परियोजनाको बारेमा जानकारी सम्मुनती परियो उद्यम विकास अधिकृत भीम खत्री, प्राक्टिकल एक्शन नेपालका प्रोजेक्ट म्यानेजर शिबलाल शर्मा र डिप्रोस नेपालका कार्यक्रम संयोजक अमित दुवादीले गराउनु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्