Ad image

सामुदायिक वन उपभोक्ता महासंघ रोल्पाको सुनछहरी गाउँपालिका स्तरीय दोस्रो अधिवेशन पोबाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर १२ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

मालश्री खबर चैत्र १२ गते, रोल्पा ।

सामुदायिक वन उपभोक्ता महासंघ रोल्पा अन्तर्गतको सुनछहरी गाउँपालिका स्तरीय महासंघको दोस्रो अधिवेशन पोबाङमा सम्पन्न भएको छ । महासंघका जिल्ला अध्यक्ष मानसिङ डाँगीको प्रमुख आतिथ्यता एवं कोषाध्यक्ष सरस्वती आचार्यको, गाउँपालिकाका प्रशासन शाखा प्रमुख दयाबहादुर बुढामगरको बिशेश आतिथ्यतामा अधिवेसन सम्पन्न भएको आयोजकले जानकारी दिएको छ ।

उक्त अधिवेशन बाट जितबहादुर पुनमगरको अध्यक्षतामा ९ सदस्य नयाँ कार्य समिति सर्वसहमत चयन भएको त्यहा बाट नेपाल पत्रकार महासंघ रोल्पाका सदस्य जुनिस कुमार बिष्टले जानकारी दिनु भएको छ । समितीको उपाध्यक्षमा गोलसरी रोका, सचिव सुस्मिता बिष्ट र कोषाध्यक्षमा दलप्रकाश बुढामगर रहनु भएको छ । बाकि अन्य सदस्यमा रहेको बताइएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array