Ad image

नेपाली लेखक संघ रोल्पाको तेस्रो जिल्ला अधिवेशन लिवाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर ११ चैत्र २०७९, शनिबार
4 Min Read
Aa

भरत बिश्वकर्मा /मालश्री खबर चैत्र ११ गते, रोल्पा ।

नेपाली लेखक संघ जिल्ला शाखा रोल्पाको तेस्रो जिल्ला अधिवेशन लिवाङमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता नेपाली लेखक संघ रोल्पा अध्यक्ष तथा केन्द्रिय कोषाध्यक्ष दामु मर्सिफुल रहनु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस रोल्पाका पुर्व सभापति माधव प्रसाद आचार्य रहनुभएको थियो । कार्यक्रमको विशिष्ट अतिथिमा नेपाली कांग्रेस जिल्लाकि कार्यवाहक कविता उपाध्याय, नेपाल कांग्रेस रोल्पाका पुर्व उपसभापति तथा नेपाली कांग्रेस रोल्पाका पुर्ब पाटी प्रवक्ता जित विक्रम मल्ल र नेपाली कांग्रेस रोल्पाका पुर्व उपसभापति इन्द्रबहादुर खत्री रहनुभएको थियो ।

कार्यक्रमको अवसरमा प्रगति लेखक संघ रोल्पाका अध्यक्ष कृष्ण बहादुर डाँगी, पुर्ब शिक्षक तथा नेपाली कांग्रेसका नेता कुल चन्द्र आचार्य, प्रजातान्त्रिक बिचार समाज रोल्पाका अध्यक्ष कृष्ण न्यौपाने, प्रध्यापक संघ रोल्पाका अध्यक्ष बिनोद आचार्य, लोकतान्त्रिक खेलकुद महासंघ रोल्पाका अध्यक्ष हेमन्त खत्री लगाएतले शुभकामना मनतव्य राख्नु भएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर, नेपाल प्रेस युनियन रोल्पाका जिल्ला अध्यक्ष लोकेन्द्र चन्द, लगाएत बिभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार, लेखक, साहित्यकारको लगाएतको आतिथ्यता रहेको थियो ।

- Advertisement -
Ad image

कार्यक्रमा बोल्दै प्रमुख अतिथिका रुपमा रहनु भएका नेपाली काग्रेस रोल्पाका पुर्व पाटी सभापति माधव प्रसाद आचार्यले नेपाली लेखन र साहित्यको क्षेत्र बृहत रुपमा रहेको बताउनु भएको छ । राजनितिक क्षेत्र कुनै बिचार दर्शनमा सिमित रुपमा बाधिएर रहेको भए पनि लेखक र साहित्यको क्षेत्र धेरै फराकिलो भएको समेत बताउनु भएको छ । यो सासन व्यवस्था लिउनको लागी कलम र कलाको माध्यम बाट नेपाली लेखक र साहित्यको क्षेत्रले ठुलो योगदान रहेको पनि आचार्यले बताउनु भएको छ । नेपाली साहित्यमा प्रजातान्त्रिक बिचारले परिवर्तन भएको, साहित्यलाई आजको समयमा गाउँगाउँमा पु¥याउन आवश्यक रहेको कुरा व्यक्त गर्नुभएका छ । सामाजिक सञ्जाले मानिसलाई व्यस्त बनाउँदा नेपाली साहित्य केहि रुपमा पछि परेको कुरा व्यक्त गर्नुभएको छ । नेपाली साहित्यलाई कसरी बचाउने भन्ने कुरामा शिक्षक विद्यार्थीले बिषेश ध्यान पु¥याउनु पर्ने समेत बताउनु भएको छ । बर्तमान समयमा व्यवस्था बदलिएको तर जनताको अवस्था नबदलिएकाले अब जनताको अवस्था बदल्नमा कलमको अति आवश्यक रहेको कुरा व्यक्त गर्नुभएको छ । आजको समय सुचना प्रविधिको समय भएको हुनाले यसको सदुपयोग हुनुपर्नेमा दुरुपयोग भइरहेको भन्दै आचार्यले चिन्चा समेत व्यत गर्नु भएको छ ।

त्यस्तै कार्यक्रमको विशिष्ट अतिथिको रुपमा रहनु भएको नेपाली कांग्रेस रोल्पाका कार्यवाहक उपसभापति कविता उपाध्यायले साहित्यकार र पत्रकारले जहाँ राज्यको आँखा नपुगेको क्षेत्रमा योगदान पु¥याईरहेको बताउनु भयो । कलमको माध्यमबाट भोलीको दिनमा बिशेष योगदान पु¥याउन नेपाली लेखक संघलाइ शुभकामना दिदै जिल्लामा रहेको प्रतिभालाई अगाडी बढाउँन विभिन्न तालिम एवं कार्यक्रमको सञ्चालन गर्नु पर्ने कुरा व्यक्त गर्नु भएको छ । राज्यले नेपाली साहित्य क्षेत्रलाई सम्मान गर्न नसकेको कुरा बताउदै उपाध्यायले पहुँच र पावर भएकाले मात्र सम्मान एवं पुरस्कार पाउने चलनको अन्त्य हुनुपर्ने बताउनु भएको छ । वैचारिक रुपमा लेखक र साहित्यकारहरु फरक आस्था बिचार भाबना बोके पनि समाजलाई चिनाउन साहित्यको बिशेष भुमिका रहेको बताउनु भयो । साहित्य गर्ने व्यक्ति साहित्यमै बाच्न सक्नुपर्ने अवस्था सिर्जना हुनुपर्ने बताउनु बताउनु भएको थियो । नेपाल लेखक संघका केन्द्रिय प्रतिनिधि गोकर्ण पुनको स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन नेपाली लेखक संघ रोल्पाका सचिव मोहन परियारले गर्नुभएको थियो ।

सम्पन्न अधिबेसन बाट कृष्ण प्रसाद न्यौपाने अध्यक्ष नौं सदस्य नँया कार्य समिती चयन भएको नेपाली लेखक संघ रोल्पाका निबर्तमान सचिव मोहन परियारले जानकारी दिनु भएको छ । जसको उपाध्यक्षमा गोकर्ण पुन ,सचिवमा रेखा नेपाली,कोषाध्यक्षमा कल्पना शर्मा, सह सचिव उमा वस्नेत रहनु भएको छ । कार्य समितीको अन्य सदस्यहरु देवा सानुनय, बिसाल खत्री, अर्चिृतबाबु मर्सिफु र दिलकुमारी बुढामगर सर्वसहमत निर्वाचत भएकोे परियाले जानकारी दिनु भएको छ । यसैगरी अधिवेशनले प्रदेश तथा केन्द्रका लागि ११ जना प्रतिनिधिको समेत छनौट गरेको छ । जसमा मनोजमणि आचार्य, नारायणप्रसाद सुवेदी, माधवप्रसाद आचार्य, मोहन सहयात्री परियार, डीबी टुहुरो, सीता शर्मा, कविता उपाध्याय, ओम के.सी., केवी बिरही, विनोद आचार्य र दामु मर्सिफुल रहनुभएको छ ।

   

प्रतिक्रिया दिनुहोस्

Array