Ad image

सुनिलस्मृति गाउँपालिकाले दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमका लागि गुनासो संकलक खटायो

मालश्री खबर
मालश्री खबर ११ चैत्र २०७९, शनिबार
2 Min Read
Aa

गणेश केसी

सुनिलस्मृति गाउँपालिकाले दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमका लागि गुनासो संकलक खटाएको छ । यहि चैत्र २६ गते सुनिलस्मृति गाउँपालिका वडा नं. ३ मा हुन लागेको सार्वजनिक सुनुवाई कार्यक्रमका लागि गुनासो संकलन गर्नका लागि सार्वजनिक सुनुवाई संयोजकलाई खटाएको हो ।

 

मिति २०७९ साल चैत्र ९ गतेदेखि लागु हुने गरि चैत्र २८ गते सम्म २० दिनकालागि सार्वजनिक सुनुवाई संयोजकलाई करारमा नियुक्ती गरिएको सुनिलस्मृति गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश पौडेलले जानकारी दिनु भएको छ । नियुक्ती गरिएको सार्वजनिक सुनुवाई संयोजकले १५ देखि १७ गते भित्रमा सुनिलस्मृति गाउँपालिकाका विभिन्न वडा कार्यालयहरु, स्वास्थ्य चौकी, सामुदायिक विद्यालय, बैंक तगाएतका निकायहरु संम्वद्ध सेवाग्राहीहरुसंग निर्गम अभिमत र नागरिक प्रतिवेदन संकलन गर्नु पर्ने बताइएको छ ।

- Advertisement -
Ad image

सुनिलस्मृति गाउँपालिका भित्रका बिभिन्न सेवाप्रदायक निकायहरुमा पुगि सेवाग्रहीहरुको गुनासो, प्रश्न, प्रतिकृया, सुझाव संकलन गरिने छ । गाउँपालिका मातहतमा रहेको विभिन्न सेवा प्रदायक निकायहरुले दिएको सेवा कस्तो लागिरहेको छ, सेवा प्रदायक निकायहरु कत्तिको सेवा ग्राहि मैत्री छन, सेवा प्रदायक निकायहरुको भौतिक संरचना, सुशासन, पारदर्शिता, जवाफदेहिता कस्तो छ, कार्यालयहरुले सुधार गर्नु पर्ने कक्षहरु के–के छन, लगाएतका पश्नहरु समेटि निर्गम अभिमत र नागरिक प्रतिवेदन संकलन गरिने छ । गाउँपालिका भित्रका कम्तिमा ४०–४० जना सेवाग्राहीहरुसंग निर्गम अभिमत र नागरिक प्रतिवेदन संकलन गर्नु पर्ने प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताउनु भएको छ । निर्मम अभिमत र नागरिक प्रतिवेदन लिदा महिला, दलित, जनजाति नछुट्ने गरि संकलन गर्न समेत आग्रह गरिएको छ । गाउँपालिका भित्रका विभिन्न वस्तिहरुमा रहेको सेवा प्रदायक निकायहरुकहा पुगेर संकलन गरिएको निर्गम अभिमत र नागरिक प्रतिवेदन चैत्र २६ गते मिझिङमा हुने सार्वजनिक सुनुवाई कार्यक्रममा प्रस्तुत गरिने छ । निर्गम अभिमत र नागरिक प्रतिवेदनमा आएका गुनासोहरुलाई उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा सम्बन्धित निकायहरुबाट समाधान खोजिने सुनिलस्मृति गाउँपालिकाले जनाएको छ ।

निर्गम अभिमत र नागरिक प्रतिवेदन संकलन गर्नका लागि रेडियो मालश्रीका पत्रकार गणेश केसीलाई खटाइएको छ । २० दिन सम्मका लागि करार नियुक्ती गरिएको केसीले निर्गम अभिमत, नागरिक प्रतिवेदनका साथै विद्यालय, बैंक, स्वास्थ्य चौकी, वडा कार्यालयसंगै बस्ति स्तरमा पुगि गुनासो, सुझाव, प्रश्न, प्रतिकृया, समस्या संकलन गर्नुका साथै चैत्र २६ गते हुने सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण र प्रतिवेदन समेत तयार पार्ने गाउँपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array