Ad image

एकता टोल विकास संस्था थुनिकोटमा सामाजिक समृद्धिको अभियान सम्पन्न

मालश्री खबर
मालश्री खबर १० चैत्र २०७९, शुक्रबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढामगर / मालश्री खबर चैत १० गते रोल्पा ।
यहि चैत ८ गते देखि १४ गते सम्मको लागि सुरु भएको एक हप्ते सामाजिक समृद्धिको अभियान परिवर्तन गाउँपालिका वडा न.३ को एकता टोल विकास संस्था थुनिकोटमा सम्पन्न भएको छ।एकता टोल विकास संस्थाको आयोजनामा भएको कार्यक्रममा टोल संस्थाका अध्यक्ष,सदस्य,पदाधिकारी,जनप्रतिनिधि र टोलका आम नागरिकहरुको उपस्थितिमा सम्पन्न भएको हो।साथै पूर्ण सरसफाइ,बालविवाह नियन्त्रण र मदिरा नियन्त्रण समेत कार्यक्रम सँग–सँगै लगीएको परिवर्तन गाउँपालिका वडा न. ३ का वडा अध्यक्ष खिम विक्रम चन्दले जानकारी दिनु भएको छ ।


साथै अभियानको आर्थिक सहयोग परिवर्तन गाउँपालिकाले गरेको छ भने कार्यक्रमको आयोजना परिवर्तन गाउँपालिका–३ वडा कार्यालयले गर्दै आएको छ।त्यस्तै टोल–टोलमा कार्यक्रम लगेर जादा त्यहाँ आम नागरिकको गुनासो सुन्नको लागि टोल बासीसँग जनप्रतिनिधि भेटघाट कार्यक्रम पनि लगेर आफू गएको वडा अध्यक्ष चन्दको भनाइ रहेको छ।डिकोर्स रोल्पाको ६० प्रतिशत र ४० प्रतिशत जनताको लगानीमा उन्नत चुलो बजारीकरण अभियान पनि लगीएको वडा कार्यालयले जानकारी दिएको छ ।
नेपाल सरकारले लिएको अभियान अन्तर्गत पोषण भत्ताको उपयोगी,स्वास्थ्य बिमा लगायतका अभियान पनि सँगै लगीएको जनाइएको छ।कार्यक्रमको सहजीकरण सुआहाराका परिवर्तन गाउँपालिका सहजकर्ता शेर बहादुर डाँगीले गर्दै आउनु भएको छ । साथै चैत ११ गते हरिपानी टोल विकास संस्था सर्पलोटे, १२ गते लोकप्रिय टोल विकास संस्था हाईबाङ, १३ गते तल्लो केवरी टोल विकास संस्था साबिक वडा कार्यालय र १४ गते उपल्लो केवरी टोल विकास संस्था कार्यालयमा हुने समेत आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array