Ad image

पुर्णागाउँ ताइबाङ टोलको सामाजिक समृद्धिको अभियान सम्पन्न

मालश्री खबर
मालश्री खबर ९ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

सुर्य प्रकाश बुढामगर / मालश्री खबर चैत ९ गते रोल्पा ।
बुधबार देखि सुरु भएको एक हप्ते सामाजिक समृद्धिको अभियान बिहिबार परिवर्तन गाउँपालिका वडा न. ३ को पूर्णागाउँ, ताइबाङ टोलमा सम्पन्न भएको छ । पूर्णागाउँ, ताइबाङ टोल संस्थाहरुको आयोजनामा अभियान सम्पन्न भइरहेको छ । बुधबार सुनौलो बिहानी टोल संस्था बागमारामा सम्पन्न भएको हो ।


साथै पूर्ण सरसफाइ, बालविवाह नियन्त्रण र मदिरा नियन्त्रण समेत कार्यक्रम सँग–सँगै लगीएको परिवर्तन गाउँपालिका–३ का वडा अध्यक्ष खिम विक्रम चन्दले जानकारी दिनु भएको छ । साथै अभियानको आर्थिक सहयोग परिवर्तन गाउँपालिकाले गरेको छ भने कार्यक्रमको आयोजना परिवर्तन गाउँपालिका वडा न. ३ को कार्यालयले गर्दै आएको छ ।
त्यस्तै टोल–टोलमा कार्यक्रम लगेर जादा त्यहाँ आम नागरिकको गुनासो सुन्नको लागि टोल बासी सँग जनप्रतिनिधि भेटघाट कार्यक्रम पनि लगेर आफू गएको वडा अध्यक्ष चन्दको भनाइ रहेको छ । डिकोस रोल्पाको ६० प्रतिशत र ४० प्रतिशत जनताको लगानीमा उन्नत चुलो बजारीकरण अभियान पनि लगीएको वडा कार्यालयले जानकारी दिएको छ ।
नेपाल सरकारले लिएको अभियान अन्तर्गत पोषण भत्ताको उपयोगी, स्वास्थ्य बिमा लगायतका अभियान पनि सँगै लगिएको वडा अध्यक्ष चन्दले बताउनु भयो । कार्यक्रमको सहजीकरण सुआहाराका परिवर्तन गाउँपालिका सहजकर्ता शेर बहादुर डाँगीले गर्दै आउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array