Ad image

जनतासँग गाउँपालिका अध्यक्ष संवाद कार्यक्रम परिवर्तन गाउँपालिका-५ राङ्कोटमा सम्पन्न

मालश्री खबर
मालश्री खबर ८ चैत्र २०७९, बुधबार
2 Min Read
Aa

 

सुर्य प्रकाश बुढा मगर

जनतासँग गाउँपालिका अध्यक्ष संवाद कार्यक्रम सुरु भएको छ। परिवर्तन गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय पुतलाचौर रोल्पाको आयोजनामा जनतासँग गाउँपालिका अध्यक्ष संवाद कार्यक्रम सुरु भएको हो।

चुनावको समयमा मात्र मतदाताहरुको घरमा जानेर चुनाव पछि जनताको घरदैलोमा नजाने भन्ने गुनासोलाई सम्बोधन गर्ने, चुनावमा गरेका प्रतिबद्धता, परिवर्तन गाउँपालिकाबाट सञ्चालन हुँदै आइरहेको सेवा प्रभावमा लगाएत परिवर्तन गाउँपालिकाले लिएको नीति तथा कार्यक्रम र बजेट प्रति बुझाई कस्तो छ र परिवर्तन गाउँपालिकाको आगामी दिनमा गर्नुपर्ने योजना प्रति सल्लाह र सुझाव लिनेे उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइएको छ। परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढा मगरले जनतासँग गाउँपालिका अध्यक्ष संवाद कार्यक्रमको चैत २ गतेदेखि परिवर्तन गाउँपालिका-२ राङ्सी बाट सुरुवात गर्नु भएको छ।

- Advertisement -
Ad image

सोही कार्यक्रम अनुसार आज परिवर्तन गाउँपालिका-१ कुरेलीका आम नागरिकहरुसँग बाल कल्याण मावि उपबाङ्गमा भेटघाट र गुनासो सुन्ने कार्य सम्पन्न गर्नु भएको छ। परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढा मगरको अध्यक्षतामा भएको जनतासँग गाउँपालिका अध्यक्ष कार्यक्रममा परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी, परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम, परिवर्तन गाउँपालिका-१ का वडा अध्यक्ष मैते बुढा मगर, निवर्तमान वडा अध्यक्ष बम बहादुर पुन मगर , परिवर्तन गाउँपालिका-१ का वडा सदस्यहरु, परिवर्तन गाउँपालिका-१ कुरेलीका आम नागरिकहरुको उपस्थिति रहेको थियो।

आम नागरिकले शिक्षा, स्वास्थ्य, मोटर बाटो, खानेपानी, सञ्चार र सहिद परिवार लगायतका विषयमा जिज्ञासा राखेका थिए। एक मुस्त रूपमा सबै जिज्ञासाहरुको सम्बोधन गर्दै परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले केन्द्रिय नेतृत्व र प्रदेश नेतृत्वको समेत आफूलाई जिज्ञासा राखेकोले केही समय अगाडि मात्र आफूले भेटेर तपाईंहरुको पनि जिज्ञासा उठेकोले त्यो तपाईंहरुको पनि जिम्मेवारी भएको प्रतिकृया दिनु भएको थियो ।

परिवर्तन गाउँपालिकाको यो बर्षको बजेट  ५१ करोड भएकोले विभिन्न क्षेत्रमा छुट्याएर काम गर्नुपर्ने समेत बताउनुभयो।चुनावको समयमा घोषणा पत्रमा गरिएका सबै प्रतिबद्धता सम्बोधन गर्नेमा आफू रहेकोे बताउनुभयो।साथै एक बर्षमा सबै घोषणा पत्र पूरा नहुने समेत बताउनुभयो। कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिकाका लेखा अधिकृत ध्रुबराज न्यौपानेले गर्नु भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

Array