परिवर्तन गाउँपालिकाद्वारा गाउँपालिका स्तरीय परिक्षाको अनुगमन

मालश्री खबर
मालश्री खबर ८ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

 

सुर्य प्रकाश बुढा

रोल्पाको परिवर्तन गाउँपालिकाले कक्षा ८ को वार्षिक परिक्षाको अनुगमन गरेको छ। बुधबारका दिन परिवर्तन गाउँपालिका-१ को श्री जनकल्याण मावि धानाबारा खरिबोटको अनुगमन गरिएको हो।

परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढा मगरको नेतृत्वमा गएको परिक्षाको अनुगमनमा परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी, प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम,  परिवर्तन गाउँपालिकाका लेखा अधिकृत ध्रुबराज न्यौपाने,परिवर्तन गाउँपालिका-१ का वडा अध्यक्ष मैते बुढा र निवर्तमान वडा अध्यक्ष बमबहादुर पुन मगर लगायतको टोलिले अनुगमन गरेको छ।

अनुगमन गर्दै परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढा मगरले परिक्षा के कसरी सञ्चालन भइरहेकोे छ भन्ने प्रसंगमा विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुले शान्त र भएरहित बाताबरणमा चलिरहेको प्रतिक्रिया दिएको थिए।

आफूले पनि अनुगमन गर्दा त्यही कुरा पाएको समेत अध्यक्ष बुढाले बताउनु भयो । यो बर्ष देखि परिवर्तन गाउँपालिकाले कक्षा ८ को गाउँपालिका स्तरीय परिक्षा सञ्चालन गरेको छ।परिवर्तन गाउँपालिकामा २०७९ को वार्षिक परिक्षा चैत २ गतेदेखि चैत १० गतेसम्म आयोजना गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्