Ad image

नब नेपाल क्याम्पस जुगार रोल्पामा अनेरास्ववियुको सयुक्त प्यानल बिजयी

मालश्री खबर
मालश्री खबर ६ चैत्र २०७९, सोमबार
1 Min Read
Aa

मालश्री खबर चैत ६ गते, रोल्पा ।

नब नेपाल क्याम्पस जुगार रोल्पामा अनेरास्ववियुको सयुक्त प्यानल बिजयी भएको छ । त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त नब नेपाल क्याम्पस जुगारमा अनेरास्ववियुको सयुक्त प्यानलका साझा उम्मेदवार यकराज डाँगीको नेतृत्वको प्यानल बिजयी भएको क्याम्पसले जानकारी दिएको छ ।

नेकपा एमाले निकट अनेरास्ववियू, नेपाली कांग्रेस निकट नेबिसंघका साझा उम्मेदवार डाँगीले जम्मा खसेको मत २ सय २२ मा ११९ मत लिएर नेकपा विप्लब निकट अखिल क्रान्तिकारी र नेकपा माओबादी निकट अखिल क्रान्तिकारीका साझा उम्मेदवार खुमराज डाँगीलाई २० मतले पछि पार्दै बिजयी भएका हुन । उनका निकटक प्रतिशप्रधी थापाले ९९ मत पाएका छन् । ३ मत बदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array