Ad image

नेपाल बिद्यालय कर्मचारी परिषद रोल्पाले बुझायो, शिक्षा विकास तथा समन्वय इकाई प्रमुखलाई ध्यानाकर्षण पत्र

मालश्री खबर
मालश्री खबर ६ चैत्र २०७९, सोमबार
4 Min Read
Aa

लोकेन्द्र चन्द /मालश्री खबर चैत ६ गते, रोल्पा ।

नेपाल विद्यालय कर्मचारी परिषद जिल्ला कार्य समिति रोल्पाले शिक्षा विकास तथा समन्वय इकाई रोल्पालाई ध्यानाकर्षण पत्र बुझाएको छ । परिषदले सोमबार शिक्षा बिकास तथा समन्वय इकाई रोल्पाका प्रमुखु दुर्गा बहादुर खड्का मार्फत ध्यानाकर्षण गराउन गराउनुका साथै सम्वन्धित निकायमा परिपत्र गरीदिन पनि अनुरोध गरेको छ । नेपाल विद्यालय कर्मचारी परिषद जिल्ला कार्य समिति रोल्पाले आफ्नो बिभिन्न मागहरु राख्दै ध्यानाकर्षण पत्र सोमबार बुझाएको नेपाल विद्यालय कर्मचारी परिषद जिल्ला कार्य समिति रोल्पाका अध्यक्ष किरण प्रकाश वलीले जानकारी दिनु भएको छ । बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ “नेपाल विद्यालय कर्मचारी परिष्दको नेतृत्वमा मिति २०७९ भाद्र १ गते देखि नेपाल सरकार समक्ष मुलुकभरका सामुदायिक विद्यालयमा सेवारत विद्यालय कर्मचारीहरुका विभिन्न सेवा सुविधाको माग सहित पेशागत स्थायित्वको सवालमा जारी आन्दोलन, वार्त तथा छलफल पश्चात पिमति २०७९ भाद्र २० गतेका दिन शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरमा सम्पन्न वार्त भएको सर्वविदितै छ ।

यद्यपी विद्यालय कर्मचारीहरुमा सेवा सुविधा प्राप्तिको निराशाका साथै ६० वर्षिय विद्यालय कर्मचारी अवकास हुन बाध्य पारिएका घटनाहरु, सुनसरी जिल्लाको कोशी गाउँपालिकामा विद्यालय कर्मचारी सरुवामा भएको अन्याय तथा म्याद थप सम्बन्धी लगाएतका समस्यामा विद्यालय कर्मचारीहरुका परिषद, भेला र सम्मेलनहरुमा सघन छलफल तथा निर्णय भएका छन् । सोही अनुसार २०७९ फागुन ८ र ९ गतेका दिन काठमान्डौँमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलन पश्चात जारी घोषणा पत्र बमोजिम पुर्ण सेवा सुविधाको ग्यारेन्टी तत्काल गराउनु पर्ने र स्थानिय शिक्षा ऐनमा व्यवस्था गर्नको लागिी ध्यानाकर्षन गरिएको छ” नेपाल विद्यालय कर्मचारी परिषद जिल्ला कार्य समिति रोल्पाका अध्यक्ष किरणप्रकाश वली र सचिव गोविन्द डाँगीद्धारा हस्ताक्षरीत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

- Advertisement -
Ad image

पहिलो माग वमोजिम विद्यालय कर्मचारी सहायक (लेखापाल) हरुका लागि रु ३६ हजार ७ सय ३० रुपैया र विद्यालय सहयोगीहरुका लागी रु २६ हजार ९ सय २ रुपैयाको व्यवस्था गर्नु पर्ने छ । दास्रो माग स्थानीय शिक्षा ऐनमा व्यवस्था गरीदिने विषयमा चार वटा मागहरु रहेका छन् । उक्त मागमा आफ्नो जिल्लामा रहेका सम्पूण सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको दरबन्दी शिक्षा तथा मानव स्रोत विकास केन्द्र मार्फत नेपाल सरकार समक्ष माग गरी दिन, ६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीहरु लागि अवकाश हुन बाध्य पारिएकका विद्यालयमा संघिय शिक्षा ऐन जारी नहुदासम्म उक्त कार्यको रोक तथा समाधान गरीदिन, ६० वर्ष उमेर हदका कारण अवकाश गराएका विद्यालय कर्मचारीहरुलाई प्रचलित कानुन बमोजिम एकमुष्ट अनुदान रकम उपलब्ध गराईदिन र विभिन्न समयमा गरिएका सहमती, सम्झौता तथा पटक—पटक सर्वोच्च अदालतबाट दिइएको निर्देशन कार्यन्वयनमा ल्याउनु पर्ने लगाएको माग ध्यानाकर्षण पत्रमा भनिएको छ । ध्यानाकर्षण पत्र बुझ्दै शिक्षा विकास तथा समन्वय इकाई रोल्पाका प्रमुख दुर्गा बहादुर खड्काले नेपाल विद्यालय कर्मचारी परिषदले राखेको माग समय सान्दर्भिक भएको भएको बताउनु भएको छ ।

आफु पनि नेपाल विद्यालय कर्मचारी परिषदले राख्दै आएको माग राज्यले तत्काल पुरा गर्नु पर्छ भन्ने पक्षमा भएको बताउनु भयो । बिद्यालय कर्मचारी सहायक र बिद्यालय सहयोगिहरुको पाउनु पर्ने सेवा सुविधाको बारेमा शिक्षा ऐनमा प्रस्त भनिएको भए पनि कार्यान्वयन नहुन दुःखद कुरा भएको बताउदै इकाई प्रमुख खड्काले कसैले त्यति काम गर्दा धेरै पारिश्रमिक पाउनु कसैले उत्ती काम गर्दा अत्यन्तै थोरै पारिश्रमिक पाउनु निदै दुःखको कुरा भएको समेत बताउनु भएको छ । कुनै बिचार आस्थाको पछि नलागेर सबै बिद्यालय कर्मचारी सहायक र बिद्यालय सहयोगिहरु एक भएर आफ्नो हक र हितको पक्षमा लाग्नको लागी इकाई प्रमुख खड्काले सबै बिद्यालय कर्मचारी सहायक र बिद्यालय सहयोगिहरुलाई सझाब दिनु भएको छ । सबै एक हुन सकेमा राज्यले एक दिन बिद्यालय कर्मचारी सहायक र बिद्यालय सहयोगिहरुको माग सम्बोधन गर्न बाध्य हुने समेत बताउनु भएको छ । सबै आफु र आफ्नो कार्यालय शिक्षा विकास तथा समन्वय इकाई बिद्यालय कर्मचारी सहायक र बिद्यालय सहयोगिहरु पक्षमा हुने समेत प्रतिबद्धता व्यतm गर्नु भएको छ । ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा नेपाल विद्यालय कर्मचारी परिषद जिल्ला कार्य समिति रोल्पाका पदाधिकारीहरु परिषदको गाँउपालिकाका संयोजकहरु, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्