Ad image

स्थानिय पाठ्यक्रम निर्माणको कार्य सुनिलस्मृति गाउँपालिकाले सुरु ग¥यो

मालश्री खबर
मालश्री खबर ५ चैत्र २०७९, आईतवार
2 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर चैत ५ गते, रोल्पा ।

स्थानिय पाठ्यक्रम निर्माण सम्बन्धी सरोकारवालाहरुसँगको १ दिने कार्यशाला गोष्ठी शनिवार सुनिलस्मृति गाउँपालिकाको कार्यालयमा सम्पन्न भएको छ । सुनिलस्मृति गाउँपालिका र स्ट्रोम फाउन्डेसनको सहयोगमा सहास नेपालद्धारा सञ्चालित (सिड्स) परियोजना अन्तर्गत पाठ्यक्रम निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

  

बालबालीकाहरूलाइ जिवन उपयोगी सीप सिकाउन र समग्र गाउँपालिकासँग परिचित गराउन तोकिएको स्थानिय पाठ्यक्र निर्माण ऐन अनुसार उक्त पाठ्यक्रम निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले बताउनु भएको छ । गोष्ठीबाट गाउँपालिकाको पाठ्यक्रम निर्माणको लागि ८ वटा विषय क्षेत्रहरुमा प्रस्ताव गरीएको छ । हाम्रो सुनिलस्मृति, हाम्रो सम्पदा, स्वास्थ्य र सरसफाई, स्थानिय पेशा व्यवसाय र जिविकोपार्जन, रैथाने सीप र प्रविधि, विशिष्ट व्यक्ति र सहिद, सुरक्षा सावधानी र विपद व्यवस्थापन र सहास नेपालद्धारा सञ्चालित सम्वाद कार्यक्रम अन्तर्गत म र मेरो भविष्यका विषय क्षेत्रहरु समावेश गरीएको सहास नेपालद्धारा सञ्चालित (सिड्स) परियोजनाका जिल्ला कार्यक्रम संयोजक सरोज पन्थीले जानकारी दिनु भयो ।

- Advertisement -
Ad image

प्रस्ताव गरीएको विषय वस्तुहरुलाई कक्षा १ दखी ८ कक्षा सम्म समावेश गरीने छ । उक्त पाठ्यक्रम नयाँ शैक्षिक सत्र २०८० बाट लागू हुने बताईएको छ । उक्त पाठ्यक्रम निर्माण गोष्ठीको सहजिकरण पाठ्यक्रम विज्ञ डा हरिप्रसाद पोख्रेलले गर्नुभएको थियो । सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीको नेतृत्वमा पाठ्यक्रम निर्माण मूल समिती र शिक्षा शाखा प्रमुख यादव केसीको नेतृत्वमा पाठ्यक्रम निर्माण उप—समिती निर्माण गरीएको छ । गाउँपालिकाले पाठ्यक्रममा समावेश गरीने विषयवस्तु संकलनको लागि ८ वटै विषयसँग सम्वन्धित ८ वटा छुट्टा छुट्टै समिति निर्माण गरेको छ । ८ वटा समितिले सम्वन्धित विषयहरु संकलन् गरी उप—समितिको माध्यमद्धारा विज्ञलाई बुझाइने छ ।

विज्ञलाई प्राप्त भएको विषयबस्तुलाई सम्पादन गरी नयाँ शैक्षिक सत्र देखी गाउँपालिकाका विद्यार्थीले उक्त विषयमा अध्ययन गर्न पाउँने छन् । पाठ्यक्रम निर्माण गोष्ठीमा गाउँपालिकाका प्रतिनिधि, कार्यपालिका सदस्य, गाउँपालिका भित्रका शिक्षा क्षेत्रका विज्ञ, शिक्षक प्रतिनिधी गरी जम्मा ३५ जनाको सहभागीता रहेको गाउँपालिकाका उपाध्यक्ष मिना थापाले जानकारी निदुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array