Ad image

शैक्षिक सुधारको लागी तुल्सी आवासीय माबि लिवाङले दियो शिक्षक र अभिभाबकहरुलाई प्रशिक्षण

मालश्री खबर
मालश्री खबर ४ चैत्र २०७९, शनिबार
4 Min Read
Aa

लोकेन्द्र चन्द/मालश्री खबर चैत्र ४ गते, रोल्पा ।
शैक्षिक सुधारको लागी तुल्सी आवासीय माध्यमिक बिद्यालय लिवाङ रोल्पाले शिक्षक र अभिभाबकहरुलाई प्रशिक्षण दिएको छ । चैत्र ३ गते बिद्यालयमा कार्यक्ररत शिक्षकहरुलाई र चैत्र ४ गर्ने बिद्यालयमा अध्यापनरत शिक्षक र बिद्यालयका सम्पुर्ण अभिभाबकहरुलाई प्र्रशिक्षण दिएको बिद्यालयका प्रध्यानाध्यापक डीबी टुहुरोले जानकारी दिनु भएको छ । बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष कृष्ण बहादुर घर्तिमगरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा निजी तथा आवासीय माध्यमिक बिद्यालय अर्गनाइजेशन (प्यावस) रोल्पाका अध्यक्ष नौलसिंह पुुनमगरको आतिथ्यता रहेको बिद्यालयले जानकारी दिएको छ । कार्यक्रममा निजी तथा आवासीय माध्यमिक बिद्यालय अर्गनाइजेशन (प्यावसन) रोल्पाका उपाध्यक्ष मधु केसि, बिद्यालय व्यवस्थापन समितीका सदस्यहरु हिरा घले गुरुङ, लिलाधर आचार्य, र प्रशिक्षकहरु डि.आर. भण्डारी र साबित्रा पौडेलको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि निजी तथा आवासीय माद्यामिक बिद्यालय अर्गनाइजेशन (प्यावसन) रोल्पाका अध्यक्ष नौलसिंह पुनले आफ्नो बच्चाबच्चीहरु कस्तो बनाउने भन्ने कुरा अभिभाबककै हातमा रहेको बताउनु भएको छ । बालबालिकाहरुले बिद्यालयमा भन्दा बढी घरमा समय बिताउने भएको हुनाले आफ्नो बालबच्चा कस्तो बनाउनेमा परिवारको भुमिका महत्वपुर्ण रहने कुरा बताउनु भएको थियो । बच्चा राम्रो बनाउनलाई बच्चाको वातावरण, स्वास्थ्य र खानपानमा राम्रो सँग ख्याल गर्न समेत सबै अभिभाबकलाई आग्रह गर्नु भएको छ । बच्चाको पहिलो पाठशाला घर परिवार र दोस्रो पाठशाला बिद्यालय भएको हुनाले घरको वातावरण राम्रो बनाउन सबै अभिभाबकलाई आग्रह गर्नु भएको छ ।


त्यस्तै शिक्षक तथा अभिभाबक प्रशिक्षण कार्यक्रममा आउनु भएको मुख्य प्रशिक्षक डी.आर. भण्डारीले असल बाबु आमा र अभिभाबक बन्नको लागी सबै आमा बुवा र अभिभाबकलाई आग्रह गर्नु भएको छ । सधै आफ्ना बालबच्चाको स्वास्थ्य, शिक्षा, आहार र संस्कारमा ध्यान दिनु पर्ने बताउनु भएको छ । बालबालिकाहरुलाई बिर्गाने पहिलो कुरा मोबाइल र जंगफुड भएको हुनाले यि दुई कुरा बाट बालबालिकालाई सधै टाढै राख्न आमा बुवा र अभिभाबकहरुलाई सुझाब दिनु भएको छ । बच्चालाई जे गर्न हुदैन भनिन्छ त्यो कुरा अभिभाबकले पनि कहिल्यै गर्न नहुने सल्लाह दिनु भएको छ । बच्चा सँग जहिले पनि अभिभाबकले सत्य कुरा बोलेमा बच्चा पनि सधै इमान्दार , ज्ञानी र असल बन्ने बताउनु भएको छ । बच्चा बच्चीले गल्ती ग¥यो भन्दैमा डण्ड सजाए दिनु हुदैन बरु माया र हौसल्ला दिनु पर्ने भण्डारीले बताउनु भयो ।

- Advertisement -
Ad image

सधै माया र हौसल्लाह दिन सकेका बालबालिकाहरुमा थप आत्मबल बढ्ने बताउनु भएको छ । बालबालिकाहरु माथि कहिल्यै पनि रिस पोख्ने कुट्पिट गर्ने जस्ता क्रियाकलाप अभिभाबकले गर्न नहुने समेत अभिभाबकलाई सुझाब दिनु भएको छ । अभिभाबक, बिद्यालय र बिद्यार्थिको सम्बन्ध सधै नङ र मासुको सम्बन्ध बन्न सकेमा बच्चाबच्चीहरु साच्चीकै आफुले चाहे जस्तो बनाउन सकिने भएको हुनाले सबै अभिभाबकले आजै बाट आफुहरुले बिगतमा जानी नजानी गरेको गल्ती कम्जोरीलाई बिर्सिएर साच्चीकै सबैले गर्भ गर्न लाएकको अभिभाबक र आमा बुवा बन्न सल्लाह दिनु भएको छ ।

कार्यक्रमका तुल्सी आवासीय माद्यामिक बिद्यालयमा अध्यापनरत शिक्षक र बिद्यालयमा अध्यनरत बिद्यार्थिका अभिभाबकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन बिद्यालयका प्रध्यानाध्यापक डीबी टुहुरोले गर्नु भएको थियो । तुल्सी आवासिय माध्यमिक बिद्यालयमै पढे्का करिब एक दर्जन बिद्यार्थि डाक्टर एक दर्जन भन्दा बढी इन्जिनियर बनि सकेको बिद्यालयका प्रध्यानाध्यापक डीबी घर्तिमगरले जानकारी दिनु भएको छ । तुल्सीमै पढ्ेका प्रकृती मल्ल कानुन बिषय बाट एसिया प्यासिफिक क्षेत्रबाट एसियाकै उत्कृष्त बिद्यार्थि भएर पहिलो नम्बर नाम निकालेर नेदरल्यानको अध्ययन सकाएर अहिले भारतमा कानून बिषयमा पि.एच.डी. गरि राखेको बिद्यालय प्रसासनले जानकारी दिएको छ । तुल्सी आवासिय माद्यामिक बिद्यालयमै पढेका अन्य सयौं बिद्यार्थिहरु अहिले उच्च सरकारी ओहोदामा पुगेर राष्ट्रको सेवा गरि राखेको प्रध्यानाध्यापक घर्तिमगरले जानकारी दिनु भयो ।

   

प्रतिक्रिया दिनुहोस्