Ad image

बहुक्षेत्रिय पोषण योजनाद्धारा मौसमी तथा बेमौसमी जातका तरकारीको बिउ र आवश्यक सामाग्री वितरण

मालश्री खबर
मालश्री खबर ४ चैत्र २०७९, शनिबार
3 Min Read
Aa

सुर्य प्रकाश बुढामगर /मालश्री खबर चैत्र ४ गते, रोल्पा ।

बहुक्षेत्रिय पोषण योजनाको हजार दिने सुनौलो आमाहरूको पोषण सुधारको लागि मौसमी तथा बेमौसमी जातका तरकारीको बिउ र आवश्यक सामाग्री वितरण कार्यक्रम परिवर्तन गाउँपालिका वडा न. ६ नाफेको कोल्हबोटमा सम्पन्न भएको छ । लैङ्गिक समानताको बलियो आधार, श्रृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने मुल नाराको साथ सुरु भएको वितरण कार्यक्रमको अध्यक्षता परिबर्तन गाँउपालिका वडा न. ६ का वडा अध्यक्ष भरत कुमार बुढा मगरको अध्यक्षतामा वितरण कार्यक्रम गरिएको आयोजकले जानकारी दिएको छ ।

बितरण कार्यक्रममा परिवर्तन गाउँपालिका वडा न. ६ का वडा सदस्यहरु गण बहादुर बुढामगर, ओमसरा बुढा मगर, अर्जुन बुढामगर, कल्पना परियार, परिवर्तन गाउँपालिकाका पोषण सहजकर्ता अनिशा घर्तीमगर, परिवर्तन गाउँपालिका वडा न.६ का कृषि प्राविधिक विपना घर्तीमगर, स्वास्थ्य चौकी नाफेका अनमी समिता बुढा मगर र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कोहल्बोट नाफेका लेखापाल भरत पुनमगर लगायतको आतिथ्यता रहेको थियो । दुई बर्ष मुनीका करिब ५० जना हजार दिने आमाहरुलाई बिभिन्न तरकारीको बिउहरु सिमी, बोधी, तिते करेला, भिन्डी, लौका, टमाटर, खोर्सानी, काउली, काँक्रो,मार्फासाग लगाएतको बिउ बिजनहरु बितरण गरिएको थियो । सोहि कार्यक्रममै थोपा सिचाई र टनेल निमार्णको लागी आवश्यक पर्ने सामाग्रीहरु पनि वितरण गरिएको त्यहा बाट हाम्रा सहकर्मि सुर्य प्रकाश बुढामगरले जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

कार्यक्रमको महत्व र उद्देश्यको बारे प्रकाश पार्दै परिवर्तन गाउँपालिकाका पोषण सहजकर्ता अनिशा घर्ती मगरले यो कार्यक्रम देशको ७ सय ५३ स्थानीय तहहरुमै सञ्चालन हुँदै आएको र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश तथा युनिशेफको आर्थिक सहयोग र परिवर्तन गाउँपालिकाको सातवटै शाखाको समन्वयमा पोषण सम्बन्धि कार्यक्रम सञ्चालन भइरहेको बताउनु भएको छ । यो कार्यक्रमले विषेश गर्भवती आमाहरुको स्वास्थ्य अवस्थालाई थप स्वस्थ राख्न मदत गर्ने बताउनु भयो । साथै जन्म भइसकेका आमा र बच्चाहरुको स्वास्थ्यलाई थप निरोगी बनाउनुको साथै कुपोषण मुक्त बनाउनमा सहयोग पु¥याउने समेत बताउनु भयो । त्यस्तै बिउ भिजन कसरी लगाउने, उत्पादन कसरी बढाउने र कसरी फलाउने भन्ने बारेमा परिवर्तन गाउँपालिका वडा न. ६ का पशु प्राविधिक विपना घर्तीमगरले जानकारी गराउनु भएको थियो । उहाँले उत्पादन बढाउनको लागी विषेश माटो, मल र टनेल निर्माणमा ध्यान दिन समेत आग्रह गर्नु भएको छ । गर्मी समयमा थोपा सिचाई प्रविधिलाई ध्यान दिन समेत आग्रह गर्नु भएको छ । कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिका वडा न. ६ का वडा सचीव हिरामणी रोकामगरले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array