Ad image

स्ववियु निर्वाचनः महिला प्राध्यापक राख्नेदेखि अक्स्फोर्डसँग भर्चुअल मिटिङ गर्ने प्रतिवद्धता

मालश्री खबर
मालश्री खबर ३ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर चैत्र ३ गते, रोल्पा ।

स्वतन्त्र विद्यार्थी युनियनको चुनावले गर्दा अहिले देशभरका क्याम्पसहरुमा विद्यार्थीहरुलाई चुनाव लागेको छ । चुनाव जित्नका लागि विद्यार्थीहरुले विभिन्न संगठनसँग गठबन्धन गर्नेदेखि विभिन्न आकर्षक घोषणापत्र समेत बनाइरहेका छन् ।
रोल्पाको सदरमुकाम लिबाङस्थित जलजला बहुमुखी क्याम्पसमा पनि विद्यार्थीहरुले विभिन्न संगठनसँग गठबन्धन गर्दै विद्यार्थीहरुलाई आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन्। विद्यार्थीहरुलाई आकर्षित गर्न उम्मेदवारहरुले आकर्षक घोषणापत्र समेत तयार गरेका छन् ।
क्याम्पसको स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल छैठौंको तीन दलीय संयुक्त विद्यार्थी संगठनको दिपक विष्ट नेतृत्वको प्यानलले संकल्पपत्र जारी गर्दै शैक्षिक भ्रष्टाचारको अन्त्य गर्दै देशभित्रका उत्कृष्ट क्याम्पसहरुसँग भगिनी सम्बन्ध स्थापना गर्नेदेखि विश्वका उत्कृष्ट विश्व विद्यालयहरु अक्स्फोर्ड, क्याम्बृज र जवाहारलाल नेहरु विश्वविद्यालयसँग भर्चुअल सम्बाद तथा अन्तरक्रिया गर्नेसम्मको प्रतिवद्धता जारी गरेका छन् ।
यस्तै उनीहरुहरुले क्याम्पसमा हालसम्म महिला प्राध्यापक नभएको भन्दै महिला प्राध्यापक तथा कर्मचारीहरुको नियुक्तिका लागि पहल गर्ने पनि घोषणा पत्रमा उल्लेख गरेका छन् । स्ववियु निर्वाचनका लागि रोल्पामा काँग्रेस निकट नेपाल विद्यार्थी संघ र एमालेनिकट अनेरास्ववियुबीच तालमेल हुँदा माओवादी र विप्लवनिकटका अखिल क्रान्तिकारी विद्यार्थी संगठनबीच गठबन्धन भएको छ । साभार बि.एल. अनलाइन

प्रतिक्रिया दिनुहोस्

Array