Ad image

त्रिवेणी गाउँपालिकामा १ दिने बाख्रा पालन तालीम सम्पन्न

मालश्री खबर
मालश्री खबर ३ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर

मालश्री खबर चैत ३ गत, रोल्पा ।

फागुन २९,३० र चैत १ गते यस जाल्पा सामुदायिक लघुवित्तीय वित्त संस्था लिमिटेड शाखा कार्यलय जुगार रोल्पा द्वारा गठन गरिएको विभिन्न केन्द्रका महिला सदस्यहरुलाई त्रिवेणी गाउँपालिका वडा नम्बर४, ६ र २ मा विभिन्न स्थानमा १ दिने बाख्रा पालन तालिम सम्पन्न गरिएको छ । जसमा जाल्पा सामुदायिक लघु वित्तीय सस्थाको आयोजना र त्रिवेणी गाउँपालिका वडा नम्बर–२ नुवागाउँको समन्वयमा पशु स्वास्थय शिबिर सम्पन्न भएको हो।बाफेका २६ घर परिवारका ३५० भन्दा बढी बाख्रा, खसीहरुको उपचार, २५ बोकाको बन्ध्याकरण र उक्त संस्थाका किसान सदस्यहरु लाई पशु व्यावसायको बारेमा परामर्श भएको जुगार शाखाको कनिष्ठ सहायक तुल्सिराम ओलिले बताउनु भयो ।

- Advertisement -
Ad image

त्रिवेणी गाउँपालिका–२ बाफेका केन्द्र नम्बर १२७ का केन्द्र प्रमुख योगेन्द्र बुढाको अध्यक्षतामा सुरुवात भएको कार्यक्रमको प्रमुख अतिथीमा वडाका ना.य.ब. पशु– स्वास्थय प्राबिधिक गोबिन्द के.सि.रहनु भएको थियो । कार्यक्रमको बिशिस्ट अतिथीको रुपमा संस्थाका उद्यम विकास अधिकृत युवराज सुनार, जुगारका कनिष्ठ सहायक कुलराज बुढा र सदस्यहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको उद्देश्य र महत्त्वबारे कुलराज बुढाले गर्नुभयो भने कार्यक्रमको सञ्चालन जुगार शाखाको कनिष्ठ सहायक तुल्सिराम ओलिले गर्नु भएको त्रिवेणी गाउँपालिकाका प्रेस संयोजक अमृत वलीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array