Ad image

लुङ्ग्री गाउँपालिकाले बजार अनुगमनलाई तिब्रता दिँदै

मालश्री खबर
मालश्री खबर ३ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

विनोद श्रेष्ठ

लुङ्ग्री गाउँपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ । मंगलबार लुुङग्री गाउँपालिका वडा नं. ५ किलाचौर बजारको अनुगमन गरे लगतै हिजो बिहिबार पनि गाउपालिकाको लुँग्री गाउँपालिका वडा नं २ र ४ मा रहेका बजारको पनि अनुगमन गरेको हो ।

लुङ्ग्री गाउँपालिका र प्रहरी चौकी किलाचौरको समन्वयमा गाउँपालिकाको वडा नं. २ र ४ मा रहेका विभिन्न पसलहरूको अनुगमन गरिएको गाउँपालिकाले जानकारी दिएको छ । अनुगमनको क्रममा म्याद नाघेका बस्तुहरु जफत गरी नष्ट गरिएको गाउँपालिकाले जानकारी दिएको छ । अनुगमनको क्रममा दर्ता नभएका, नवीकरण नभएका पसलहरुलाई १५ दिनभित्र दर्ता गर्न निर्देशन समेत दिइएको छ । पसलको नाम देखिने गरी बोर्ड राख्न, मुल्यसूची राख्न, म्याध नाघेका बस्तुहरु विक्री नगर्न र छुट्टै राख्न समेत आग्रह गरिएको छ ।

अनुगमन गर्दा अधिकांश पसलहरूमा पेय पदार्थ म्याद नाघेको पाइएको हुँदा व्यापारीले सामान खरिद गर्दा र उपभोक्ताले किन्दा मिति हेरेर मात्र खरिद तथा विक्री गर्नअनुरोध समेत गरिएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array