Ad image

मध्यपश्चिम विश्वविद्यालयको स्थगित स्व.वि.यु. चुनाव चैत्र ५ गते हुने

मालश्री खबर
मालश्री खबर ३ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

भरत विश्वकर्मा

चैत्र ३ गते हुने भनिएको स्व.वि.यु चुनाव स्थगित गरेको मध्यपश्चिम विश्वविद्यालयले चैत्र ५ गते चुनाव गर्ने भएको छ । केही आंगिक क्याम्पसहरुमा विवाद भए पछि मध्यपश्चिम विश्वविद्यालयको सम्पुर्ण आंगिक क्याम्पसहरुमा स्व.वि.यु चुनाव स्थगित गर्ने जानकारी गराएको थियो ।

चैत्र २ गते बसेको मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले ३ गते हुने स्व.वि.यु. निर्वाचन स्थगित गर्ने निर्णय गरेको थियो भने मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिषद्को चैत्र ३ गते बसेको बैठकले स्थगित चुनाव चैत्र ५ गते गर्ने निर्णय गरेको हो ।

विवाद भइ मुद्धा परेका क्याम्पसहरुमा भने स्व.वि.यु चुनाव स्थगित गरिएको छ । अन्य विवाद नभएको आंगिक क्याम्पसका क्याम्पस प्रमुखको प्रतिबद्धता बमोजिम चुनाव सम्पन्न गर्न लागिएको मध्यपश्चिम विश्वविद्यालय विरेन्द्रनगर सुर्खेतले जनाएको छ ।

- Advertisement -
Ad image

रजिष्ट्रार प्रध्यापक डाक्टर नाराययप्रसाद पौडेलद्धारा हस्ताक्षेरित सुचनामा क्याम्पसको शैक्षिक क्यालेन्डरलाई समेत मध्यनजर गर्दै चैत्र ५ गतेका दिन मध्यपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न गराउन मध्यपश्चिम विश्वविद्यालयले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array