मालश्री खवर चैत्र २ गते, रोल्पा ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश पार्टी सभापति अम्मरसिङ पुनले मध्यपश्चिम विश्वविद्यालयमा स्व.वि.यु.चुनाव रोकेको प्रति आपत्ति जनाउनु भएको छ । रेडियो मालश्रीको मालश्री संवाद कार्यक्रमको उँहाले मध्यपश्चिम मध्यपश्चिम विश्वविद्यालय अन्र्तगतका केन्द्रिय बिभाग, स्कुल तथा सम्पुर्ण आंगिक क्याम्पसहरुमा चैत्र ३ गते हुने भनिएको निर्वाचन स्थगित गरेको प्रति आपत्ति जनाउनु भएको हो ।
विभिन्न विद्यार्थी संगठनहरुले धेरै मेहनत गरेर चुनाबको अन्तिम तयारी गरिरहेको बेलामा चुनाब रोक्नु उपयुक्त नभएको भन्दै उँहाले असन्तुष्टी ब्यक्त गर्नु भएको छ । कुनैै एक ठाउँमा भएको विवादका कारण सम्पुर्ण क्याम्पसहरुमा चुनाब रोक्नु सान्दर्भिक नभएकाले विवाद भएको ठाउँमा स्व.वि.यु. चुनाव रोकेर अन्य क्याम्पसहरुमा चुनाव गर्न उहाले आग्रह समेत गर्नु भएको छ ।
कार्यक्रम मालश्री सम्वादमा हार्ने चुनाव लड्दै हुनुहुन्छ नी भन्ने प्रश्नमा सभापति पुनले जलजला बहुमुखि क्याम्पस र नर्व नेपाल क्याम्पस दुबैमा नेविसंघले चुनाव जित्ने ठोकुवा गर्नु भयो । अहिले पढ्दै गरेका विद्यार्थीहरु सचेत र क्याम्पसका हितका लागि कसले काम गर्न सक्छ भन्नेमा प्रष्ट बुझ्न सक्ने भएकालेपनि दुबै क्याम्पसमा नेविसंघ नेतृत्वको प्यानलले चुनाव जित्ने उँहाले दावि गर्नु भयो ।
रोल्पामा रहेको जलजला बहुमुखि क्याम्प र नबनेपाल क्याम्पस जुगार रोल्पामा नेपाली काँग्रेस निकट नेविसंघ, नेकपा एमाले निकट अनेरा स्ववियू र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौ मिलेर चुनाव लड्दै छन् । जलजला बहुमुखि क्याम्पसमा नेविसंघले स्व.वि.यु. सभापति लिएको छ भने नवनेपाल क्याम्पसमा अनेरास्ववियूले सभापति लिनेगरि समहति भएको छ ।
प्रतिक्रिया दिनुहोस्