Ad image

चैत्र ३ गते हुने भनिएको स्व.वि.यू. निर्वाचन स्थगन

मालश्री खबर
मालश्री खबर २ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

मालश्री खवर चैत्र २ गते, रोल्पा ।
मध्यपश्चिम विश्वविद्यालय अन्र्तगतका केन्द्रिय बिभाग, स्कुल तथा सम्पुर्ण आंगिक क्याम्पसहरुमा चैत्र ३ गते हुने भनिएको स्व.वि.यु. निर्वाचन स्थगन भएको छ । बिहिबार मध्यपश्चिम बिश्व बिद्यालय रजिष्ट्रारको कार्यालय वीरेन्द्रनगर सुर्खेतका रजिष्ट्रार प्राध्यापक डाक्टर नारायण प्रसाद पौडेलद्धारा हस्ताक्षरित बिज्ञप्ती मार्फत स्व.वि.यु. निर्वाचन स्थगन भएको जानकारी गराईएको छ ।

बिज्ञप्तीमा भनिएको छ मध्यपश्चिम बिश्वबिद्यालय कार्यकारी परिषदको चैत्र २ गते बसेको बैठकको निर्णय न. १२४७ बमोजिम मध्यपश्चिम बिश्वबिद्यालय स्वतन्त्र बिद्यार्थि युनियन निर्वाचन समितीको निर्णयका आधारमा मध्यपश्चिम बिश्वबिद्यालय अन्र्तगतका केन्द्रिय बिभाग स्कुल तथा सम्पुर्ण आंगिक क्याम्पसहरुमा चैत्र ३ गते सम्पन्न हुन गईरहेको स्व.वि.यु. निर्वाचन गर्न सहज अवस्था नभएको हुनाले उक्त पुर्ब निर्धारित स्व.वि.यु. स्थगन गर्ने निर्णय गरिएको बताइएको छ ।

सम्पुर्ण बिद्यार्थि संघ संगठनहरु सँग आवश्यक छलफल एंव परामर्श गरी उपयुक्त समयमा निर्वाचनको मिती निर्धारण गरि स्व.वि.यु. निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता सहितको निर्णय भएकोले सोही निर्णय वमोजिम तत्काल लागु गर्न गराउन हुन सम्बन्धीत सम्पुर्ण जानकारी गराइन्छ भनि प्रध्यापक डाक्टर नारायण प्रसाद पौडेलद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्