Ad image

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा रोल्पामा “उपभोत्ता अधिकार, हाम्रो सरोकार !!” विषयक अन्तर-संवाद कार्यक्रमगरि मनाइयो

मालश्री खबर
मालश्री खबर १ चैत्र २०७९, बुधबार
7 Min Read
Aa

राजेश नेपाली/मालश्री खवर चैत्र १ गते, रोल्पा । 
विश्व उपभोक्ता अधिकार दिवसको रोल्पामा “उपभोत्ता अधिकार, हाम्रो सरोकार !!” विषयक अन्तर-संवाद कार्यक्रम आयोजना गरिमनाइएको छ । जिल्ला प्रसासन कार्यालय रोल्पा र घरेलु तथा साना उद्योग कार्यालय रोल्पाको आयोजना, राष्ट्रिय उपभोत्ता सञ्चको समन्वय र व्यवस्थापनका अन्तर-संवाद कार्यक्रम गरिएको आयोजकले जानकारी दिएको छ । “स्वच्छ उर्जा मार्फत उपभोत्ता सशक्तिकरण” भने मुल नारोको साथमा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको अध्यक्षतामा कार्यक्रम गरिएको हाे । कार्यक्रमको प्रमुख अतिथि रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्तिमगर रहनु भएको थियो ।

जिल्लाको बिभिन्न सरोकारवाला पक्षहरुको सहभागितामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी घिमिरेले उपभोक्ता अधिकार बारे जानकारी, किन उपभोत्ता अधिकार आवश्य छ, उपभोक्ता अधिकार सम्बन्धी हाल कस्ता कानूनहरु बनेका छन् , उपभोत्ता स्व‌‌यम केकुरामा सजग हुने, उपभोग्य वस्तुहरुको लेबलमा खुलाउनु पर्ने कुराहरु, आदिको बारेमा एक प्रस्तुती मार्फत जानकारी गराउनु भएको थियो । हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवसका रूपमा  उपभोक्ता हकहितसँग सम्बन्धित विभिन्न कार्यक्रम गरी मनाइँदै आएको जानकारी गराउँनु भएकाे  थियाे ।

पहिलो विश्वयुद्धबाट सिर्जित आर्थिक मन्दीका कारण अर्थव्यवस्थाले काम गर्न नसकेको भनी आलोचना भइरहेका वेला बजारको एकाधिकारपूर्ण र अनुचित व्यापारिक क्रियाकलापविरुद्ध राल्फनाडर फोरेन्स केली, भाइकल भेरनन्, कार्टिस अरनोल्डो, टम पिपरलगायत अधिकारकर्मीले थालेको आन्दोलनको दबाबमा अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले १५ मार्च १९६२ मा प्रत्येक उपभोक्तालाई सुरक्षा, सूचना, सुनुवाइ र छनोट गर्न पाउने गरी चार अधिकारसहितको घोषणापत्र पारित गर्नुभएको थियो ।

- Advertisement -
Ad image


त्यसैलाई विश्वको पहिलो उपभोक्ता अधिकार पत्र मानिन्छ । त्यही दिनको सम्झनामा १५ मार्चलाई विश्व उपभोक्ता अधिकार दिवसका रूपमा मनाइन्छ । तिनै चार अधिकारको आधारमा उपभोक्ता अधिकारलाई व्यापक बनाउन सन् १९८५ अप्रिल ९ मा संयुक्त राष्ट्रसंघको साधारणसभाबाट सुरक्षा, सूचना, सुनुवाइ, छनोट, शिक्षा, क्षतिपूर्ति, आधारभूत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ वातावरणको अधिकारसहित आठ अधिकारलाई उपभोक्ता अधिकारका रूपमा घोषणा गरी ‘युएन गाइडलाइन फर कन्जुमर प्रोटेक्सन’ १९८५ पारित भएको हो । नेपालको संविधानमा उपभोक्ताको हकलाई मौलिक हकअन्तर्गत समावेश गरिएको छ । संविधानको धारा ४४ मा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक र गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हकको व्यवस्था गरिएको छ ।

गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारको प्रत्याभूति गर्न उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली २०७६ कार्यान्वयनमा छ । उपभोक्ता संरक्षण ऐनले उपभोक्तालाई नौवटा अधिकार प्रदान गरेको छ । वस्तु वा सेवामा सहज पहुँचको अधिकार, स्वच्छ प्रतिस्पर्धात्मक मूल्यमा गुणस्तरीय वस्तु तथा सेवाको छनोट गर्न पाउने अधिकार, वस्तु वा सेवाको मूल्य, परिमाण, शुद्धता, गुणस्तर आदिबारे सूचित हुने अधिकार, वस्तुमा रहेको पदार्थको मात्रा, तत्व वा प्रतिशतबारे जानकारी पाउने अधिकार, वस्तु तथा सेवाको बिक्री वितरणबाट सुरक्षित हुन पाउने अधिकार, अनुचित व्यापारिक क्रियाकलापविरुद्ध कानुनी कारबाही गराउन पाउने अधिकार, वस्तु वा सेवाको प्रयोगबाट भएको हानि–नोक्सानीविरुद्ध क्षतिपूर्ति पाउने अधिकार, उपभोक्ता हकहित संरक्षणका सम्बन्धमा अधिकार प्राप्त अधिकारी वा निकायबाट उपचार पाउने वा सुनुवाइ हुने अधिकार र उपभोक्ता शिक्षा पाउने अधिकार रहेको बारेमा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले कार्यक्रममा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा सहभागी नागरिक समाजका अगुवा, पत्रकार र व्यावसायीहरुले बोल्ने क्रममा रोल्पामा पनि उपभोत्ता अधिकारको बिषयमा थुपै्र समस्याहरु भएको बताउँदै केहि सुझाबहरु पनि दिएको थिए । बजार अनुगमनलाई नियमित र थप प्रभाबकारी बनाउनु पर्ने, यातायातको क्षेत्रमा पनि भाडा दर मनामानी असुल्ने, यात्रुबाहक गाडीहरुले पनि मालसामान बोक्ने गरेको, सिट क्षेमता भन्दा यात्रु राख्ने गरेको, गाडीको छटमा समेत यात्रु राख्ने गरेको, लाइसेन्सबिनाका ड्राइभरले गाडी तथा ट्याक्टर, अटो चलाउने गरेको, बजामा पसलै पिक्ष दर भाँउ फरक-फरक भएको, कति पय व्यापारिले दर्ता प्रक्रियाबिना व्यावसायहरु सञ्चालनमा गरिराखेको, म्याद गुज्रिएको खाद्य बस्तु बिक्रि गर्ने गरेको, सदरमुकाम बाहिर पनि पनि नियमित बजार अनुगमन र दर भाउमा एक रुपता ल्याउनु पर्ने आदि लगाएको समस्याका बारेमा सरोकारवाला पक्षलाई जानकारी गराएका थिए ।

व्यावसायीहरुले पनि आफुहरुलाई डिलरले नै म्याद सकिने लागेका साम्रागीहरु पठाउने गरेको गुनासो राखेका थिए । आफुहरुले जानीजानी म्याद गएका बस्तुहरु बिक्रि नगरेको बताएका छन् । यातायात व्यावसायीहरुले पनि प्रहरी प्रसासन बाट राम्रो सहयोग हुन नसकेको गुनासो समते गरेका थिए । प्राय ट्राफिक प्रहरीहरुले आफुहरुलाई कमिनस माग्ने गरेको आरोप समेत लगाएका थिए ।

कार्यक्रममा उठेका गुनासोहरु मेटाउने क्रमका कार्यक्रमका प्रमुख अतिथि रोल्पा नगरपालिका मेयर सुरेन्द्र थापा घर्तिमगरले नगर भित्रका व्यावसाय सञ्चाल गरि रहेका सबै व्यापारिहरुलाई करको दायरामा लिएको बताउनु भयो । यस बाट नगरले करिव ३५÷४० लाई राजश्व समेत उठाउन सफल भएको जानकारी दिनु भएको छ । नगर भित्र कोहि पनि उपभोत्ता र व्यावसायीहरु नठगिने खालको निती बनाएर कायान्वय गर्नको लागी नगर अग्रसर भैइराखेको बताउनु भएको छ । पहिलो चरणमा रोल्पा नगरपालिकाले दुःध र तरकारी बाट यस कार्यको सुरुवात गरेको हुुनाले सबैलाई सहयोग गर्नको लागी मेयर घर्तिले आग्रह समेत गर्नु भएको छ ।
त्यस्तै कार्यक्रममा उठेका जिज्ञासाहरु मेताउने क्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले सबै भन्दा पहिले त स्वंयम उपभोत्ता नै ठगिन बाट सचेत र सजग हुनु पर्ने बताउनु भएको छ । सामान खरिद गर्दा उपभोत्ताले जहिले पनि तयार भएको मिती, सकिने मिती, कम्पनीको नाम भए नभएको, त्यो कम्पनी आधिकारी हो वा हाईन, टौल ठिछ छ छैन्, आदीको बारेमा राम्रो सँग जानकारी लिन आवश्यक रहेको बताउनु भएको छ । जिल्लाको समग्र कुरालाई सुधार गर्न कुनै एक प्रसासकले मात्र चाहेर नहुने भएको हुनाले सबैले आफ्नो क्षेत्र बाट सक्दो सहयोग गर्न आग्रह समेत गर्नु भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिती रोल्पाका उपप्रमुख कर्मलाल परियार, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक श्याम कुमार शारुमगर, जिल्ला समन्वय अधिकारी क्रषिराम केसि, प्रमुख कोष नियन्त्रक रमेश घिमिरे, प्रमुख अन्सन्धान अधिकृत कुशल थापामगर, ससत्र प्रहरी बल रोल्पाका प्रहरी निरिक्षक पदमराज भट्ट, घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका प्रमुख तारा प्रसाद शर्मा, राष्ट्रिय उपभोक्ता मञ्च लुम्बिनी प्रदेश संयोजक तथा रोल्पा जिल्ला अध्यक्ष मोहन परियार, रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष केशबकुमार आचार्य, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर लगाएत बिभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरु, उद्योगी, व्यावसायीहरु,नागरिक अगुवा, अधिकारकर्मि, उपभोत्ताहरु लगाएतको सहभागीता रहेको थियो । कार्यक्रको सञ्चालन राष्ट्रिय उपभोत्ता मञ्च रोल्पाका सहसचिव दिनेश आचार्यले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array