Ad image

नेपाली कांग्रेस रुन्टिगढी गाँउपालिकाको प्रथम गाँउपालिका सम्मेलन होलेरीमा सम्पन्न

मालश्री खबर
मालश्री खबर १ चैत्र २०७९, बुधबार
5 Min Read
Aa

मालश्री खवर चैत्र १ गते, रोल्पा ।
नेपाली कांग्रेस रुन्टिगढी गाँउपालिकाको प्रथम गाँउपालिका सम्मेलन मंगलबार होलेरीमा सम्पन्न भएको छ । नेपाली कांग्रेस रुन्टिगढी गाउँपालिकाको प्रथम पालिका सम्मेलन नेपाली कांग्रेस लुम्बिनी प्रदेश पाटी सभापति एवं पुर्ब राज्य मन्त्री अम्मरसिह पुनको प्रमुख आतिथ्यतामा सम्मेलन गरिएको आयोजकले जानकारी दिएको छ । सम्मेलनको बिशिष्ट अतिथिमा नेपाली कांग्रेसस लुम्बिनी प्रदेश सदस्य टेकबहादुर बस्नेतको र नेपाली कांग्रेस रोल्पाका पुर्ब पाटी सभापति एंव समाजसेबी कृष्ण बहादुर घर्तीमगर रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति एंव पुर्ब राज्य मन्त्री अम्मरसिंह पुनमगरले पाटीलाई थप बलियो र एक धिक्का बनाएर लैजानको लागी सबै पाटी प्रति बफादार भएर काम गर्न सुझाब दिनुु भएको छ । पाटी बलियो बनाउनको लागी टोल, गाँउ, पालिका स्तरको संगठन चलाएमान र बलियो बनाउन सकेमा पाटी प्रदेश र केन्द्रमा आफै बलियो हुने बताउनु भएको छ । रुन्टिगढी गाँउपालिकामा नेपाली कांग्रेसको नेतृत्वमा सरकार भएको हुनाले नेपाली कांग्रेस बाट जितेका जनप्रतिनिधीहरुले कुनै पनि जितको घमण्ड नगरेर दिन रात जनताको सेवा गर्न निर्देशन समेत दिनु भएको छ । पाटीले केहि उपलब्धी पाप्त गर्नको लागि प्रत्यक बर्षमा एक पटक अनिबार्य पालिकामा सम्मेलन गर्नु पर्नेे बताउनु भएको छ । यस्तो प्रकारको सम्मेलन गर्दा पार्टि भित्रको केहि समस्या आफै समाधान हुने समेत बताउनु भयो । पार्टिमा आबद्ध भइसकेपछि सबैलाइको बिचार भाबना फरक हुन सक्छ, त्यस्तैले आफुलाई पाटी कुनै नेता प्रति चित्न नबुझेका कुराहरु यस्तै कार्यक्रममा राख्न समेत सुझाब दिनु भएको थियो ।

- Advertisement -
Ad image

कार्यक्रमका बिशिष्ट अतिथि नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य टेकबहादुर बस्नेतले पाटी भित्र सबै बाट भएका सामान्य गल्ती कम्जोरीलाई सच्यायर जानु पर्ने बताउनु भएको थियो । रुन्टिगढी गाँउपालिकामा नेपाली कांग्रेसको नेतृत्वमा स्थानिय सरकार भएको हुनाले जनताले देख्ने र महशुस हुने गरि पुर्वाधार विकासको क्षेत्रमा काम गर्नु पर्ने सुभाव दिनु भएको थियो । नेपाली कांग्रेसमा आबद्ध सबै नेता कार्यक्रताहरुले पाटी निर्देशन अनुसार काम गर्न सकेमा पाटी थप मजबुट र बलियो हुने समेत बतानु भएको थियो ।

त्यस्तै कार्यक्रमका अर्का  अतिथि नेपाली कांग्रेस रोल्पाका पुर्ब पाटी सभापति एंव समाजसेवी कृष्णबहादुर घर्तिमगरले रुन्टिगढी गाँउपालिकामा नेपाली कांग्रेसले नेतृत्व गरेको रोल्पाको जिल्लाको सबै भन्दा जनताको पक्षमा राम्रो काम गरेर उत्कृष्ट पालिका बन्नु पर्ने सुझाब दिनु भएको छ । तप भुमि, स्वर्गद्धारी देउताको दर्शन गर्न जाने प्रवेशद्वारको हालत निकै नाजुक रहेको बताउनु भएको छ । शहिदमार्गको अवस्था साह्रै दयनिय भएको हुनाले यस्को सुधार गर्नको लागी पनि स्थानिय सरकारले पहल गर्नु पर्ने सुझाब दिनु भएको छ । कार्यक्रममा बोल्दै नेता घर्तिले पाटिका नेता कार्यकहरुर्ता एक भएर जनताको पक्षमा काम गर्नु पर्ने बताउनु भएको छ ।

सम्मेलनमा नेपाली कांग्रेस रोल्पाका सचीव तिल बहादुर बुढाथोकी , नेपाली कांग्रेस रोल्पाका जिल्ला कार्यसमिति सदस्य एवं रुन्टिगढी गाउँपालिका उपाध्यक्ष सरिता केसि,नेपाली कांग्रेस प्रदेश सभा २ ख का क्षेत्रिय सभापति गोपाल घर्ती,,नेपाली कांग्रेस प्रदेश सभा २ ख का क्षेत्रिय सभापतिका प्रत्यासी दिलमन बुढाथोकी , नेपाल शिक्षक संघ रुन्टिगढी गाउँपालिका अध्यक्ष चेतलाल डिसि लगाएत्ले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा नेपाल कांग्रेस प्रती आस्थावान नेता कार्यकर्ताहरुको सहभागिता रहेकोे थियो ।

नेपाली कांग्रेस रुन्टिगढी गाउँपालिका सभापति एवं रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेपाली कांग्रेस रुन्टिगढी गाउँपालिका सचिव नारायण लामिछानेले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मनतब्य नेपाली कांग्रेस रुन्टिगढी गाउँपालिका उपसभापति भुप बहादुर बोहराले गर्नुभएको थियोे । सोहि कार्यक्रममा नेपाली कांग्रेस रोल्पा क्षेत्र न. १ का पुर्ब पाटी सचिव एवं नेपाली कांग्रेसका पुराना पाका नेता भुपमणी पुनमगर पुनः नेपाली कांग्रेस पाटिमा प्रवेश गरेका छन् । पुनलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस लुम्बिनी प्रदेश पाटी सभापति एवं पुर्ब राज्य मन्त्री अम्मरसिह पुन, कार्यक्रमका बिशिष्ट अतिथि नेपाली कांग्रेसस लुम्बिनी प्रदेश सदस्य टेकबहादुर बस्नेत, नेपाली कांगेस रोल्पाका पुर्ब पाटी सभापति एंव समाजसेवी कृष्णबहादुर घर्ति दोसल्ला ओडाएर पुनको पुरानो पाटी नेपाली कांग्रेसमा स्वागत गर्नु भएको थियो ।

नेपाली कांग्रेसमा फर्किएका नेता पुनलाई नेपाल शिक्षक संघ रुन्टिगढी गाँउपालिकाले पनि दोसल्ला ओदाएर स्वागत गरेको छ । सम्मेलनममा पाटिको साङ्गठनिक र आर्थिक प्रतिबेदन रुन्टिगढी गाँउपालिका पाटी सचीव चेतलाल खत्रीले प्रस्तुत गर्नु भएको थियोे ।

       

प्रतिक्रिया दिनुहोस्