Ad image

रोल्पामा चट्याङ पर्दा एक घर पूर्णरूपले क्षति

मालश्री खबर
मालश्री खबर १ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

 

मालश्री खवर चैत्र १ गते, रोल्पा ।रोल्पामा चट्याङ पर्दा एक घर पूर्णरूपले क्षति भएको छ । जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं ६ डोक्रावन स्थित चन्द्र बहादुर खड्काको घरमा मंगलबार राती करिव साढे एघार बजेतिर चट्याङ पर्दा घर भित्रका सबै बस्तु नष्ट भएका छ्न् उक्त चट्याङबाट मानबिय क्षती भने भएको छैन् ।चट्याङबाट घरमा भएका साना दुईवटा बाख्रा पाठा, विदेश जान ऋण बापत लिएको नगद तीन लाख रुपैँया, अन्न, लत्ताकपडा, अन्य सामाग्री गरि करिब साढे चार लाख बराबरको क्षति भएको चन्द्र बहादुर खड्काले जानकारी दिनुभएको छ ।

 

मध्यरातमा भएको चट्याङ् परेको, पातलो बस्ती र पानीको अभावले चट्याङ्बाट लागेको आगो नियन्त्रण लिन कठिन भएको खड्काले बताउनु भएको छ । उक्त आगो स्थानिय बासीको सक्रियतामा विहान अबेर मात्र निभाइएको थियो । उक्त घटनास्थलमा बिहान वडा नं ६ अध्यक्ष घनबहादुर घर्ती र ईलाका पहरी कार्यालय होलेरीबाट प्रहरी टोली पुगेर घटनाको स्थलगत अवलोकन गरीएको थियो ।

- Advertisement -
Ad image

उक्त घटना प्रति दुःख व्यक्त गर्दै रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले आगलागी पीडितलाई राहत सामाग्री सहित घटनास्थल तर्फ जाँदै गरेको बताउनु भएको छ । परिवारलाई तत्काल बस्नको लागि स्थानीय आफन्त भिम बहादुर खड्काले आफ्नो घरमा आश्रय दिनुभएको छ । आगलागीबाट घर पूर्णरुपले नष्ट भएपछि खड्काको परिवारले सहयोगको अपेक्षा समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array