Ad image

परिवर्तन गाउँपालिकाद्धारा नयाँ प्रमुख प्रशासकीय अधिकृत घर्ती मगरलाई स्वागत

मालश्री खबर
मालश्री खबर १ चैत्र २०७९, बुधबार
6 Min Read
Aa

 

सुर्य प्रकाश बुढा मगर
मालश्री खवर चैत्र १ गते, रोल्पा ।

परिवर्तन गाउँपालिकाले नयाँ आउनु भएका प्रमुख प्रशासकीय अधिकृत प्रेम घर्ती मगरलाई स्वागत गरेको छ । मंगलबार मात्र परिवर्तन गाउँपालिकामा आउनु भएका प्रमुख प्रशासकीय अधिकृत घर्ती मगरलाई एक कार्यक्रमका बीच गाउँपालिकाले स्वागत गरेको हो । घर्ती मगरलाई परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर, परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी, परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुबराज न्यौपाने लगायत परिवर्तन गाउँपालिका भित्रका विभिन्न विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरुले अबिर, खाँडा र फूलले स्वागत गरेका हुन ।

- Advertisement -
Ad image

परिवर्तन गाउँपालिकामा प्रथम कार्यकालका अध्यक्ष निमकाँन्त डाँगीको कार्यकालमा आउनु भएका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्का सरुवा भएर गएपछि परिवर्तन गाउँपालिकाको गाउँकार्य पालिकाको २०७८ मंसिर १० गते बसे ८३ औं बैठकले ध्रुबराज न्यौपानेलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउने निर्णय गरेको थियो भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७८ पुष ६ गते देखि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा ४ अनुसार प्रमुख प्रशासकीय अधिकृत हाजिर नभए सम्मको लागि कार्यालयको आर्थिक तथा प्रशासन कार्य गर्ने गरी जिम्मेवारी दिइएको थियो ।

 

निमित्त प्रमुख प्रशासकीय न्यौपानेले परिवर्तन गाउँपालिकामा करिब १४ महिना काम गर्नुभयो । त्यस पश्चात न्यौपनेले स्थानीय तह निर्वाचन २०७९ बैशाख ३० गतेको निर्वाचन सम्पन्न गराउन, आर्थिक बर्ष २०७९÷०८० को वार्षिक नीति योजना तथा कार्यक्रम ल्याउन, वार्षिक समिक्षा कार्यक्रम, ठूला चार्डपर्वमा बजार अनुगमन, अर्धवार्षिक समिक्षा कार्यक्रम, बृहत चलचित्र बहस र १४औं गाउँसभा सम्पन्न लगायत महत्त्वपूर्ण कार्यहरु गर्नुभएको छ । २०७९ फागुन ३० गते मंगलबार देखि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा ३ अनुसार निमित्त ध्रुबराज न्यौपानेले प्रमुख प्रशासकीय अधिकृत प्रेम घर्ती मगरलाई आफ्नो जिम्मेवारी सुम्पनु भएको छ ।

भर्खरै आउनु भएका परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम घर्ती मगरले स्थानीय तहमा आफ्नो पहिलो जिम्मेवारी भएको र सेवाको हिसाबले कम हुन सक्ने बताउदै कर्मचारीहरुको बीचमा सहकार्य र सहमति हुनुपर्ने र अहिले कतिपय मिडियामा राम्रो काम हुँदा पनि नराम्रो सन्देश गएको बताउनुभयो । साथै शाखा बाट प्रवाह कामलाई प्रभावकारी गराउन मिलेर काम गर्ने र अहिले मिडियाकै नकारात्मक प्रभावले गर्दा कर्मचारीको कारणले नै संघीय सरकारमा पनि स्थानीय तह भएको बताउनुभयो । सुशासनलाई मध्यनजर गर्दै प्रत्येक कर्मचारीले आफूलाई विवरण उपलब्ध गराउन चाहे त्यो आफू भन्दा तल्लो स्तरको होस् वा माथिल्लो स्तरको होस् त्यसलाई ख्याल गरी सूचना रिपोर्ट समेत आफूलाई उपलब्ध गराउन आग्रह गर्नु भएको छ ।

सरकारी कर्मचारी भएपछी आफ्नो परिचय दिइरहनु नपर्ने बताउदै आफ्नो पोसाक नियमित लगाएर कार्यालयमा आउन आग्रह गर्नु भएको छ । साथै उहाँले सेवा ग्राहीहरु वडा कार्यालयमा बढी जाने भएकोले पनि त्यहाँका विवरण पनि आफूलाई उपलब्ध गराउन आग्रह गर्नु भएको छ । पालिका कार्यालय वरिपरि सरसफाई गरि सफा भएको अनुभूति हुने र बजेट विनियोजन कतिको प्रभावकारी भएको छ भन्ने बारेमा विषयगत शाखाका प्रमुखहरुलाई विवरण माग्ने समेत बताउनुभयो । त्यस्तै व्यक्तिगत हितको लागि भन्दा पनि हामी परिवर्तन गाउँपालिकाको हितको लागि शिरोपर गरेर काम गर्ने र यसमै पहिचान, इज्जत जोडिएको बताउनुभयो।ऐन नियम र कार्यविधि प्रक्रिया अनुरुप काम गराउने र सबै कर्मचारीलाई समान व्यावहार हुनुपर्ने कुरामा जोडदिनु भएको छ ।

कुनै पनि कर्मचारी कसैको दबाबमा नपरी सेवा प्रदान गर्नुपर्ने समेत बताउनुभयो।घर्ती मगर २०७६ सालमा सरकारी सेवा प्रवेश गर्नुभयो २०७६ देखि २०८ साल सम्म महान्यायाधिवक्ता कार्यालयमा काम गर्नुभयो र करिब ६ महिना इलाका प्रशासन सुर्खेतमा काम गर्नुभयो भने करिब ८ महिना रुकुम पश्चिम जिल्लाको सहायक सिडिओ भएर काम समेत गर्नु भएको छ।परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले दस वटा स्थानीय तहहरु मध्ये परिवर्तन गाउँपालिका अब्बल रहेको समेत बताउनुभयो।२०७९ बैशाख ३० मा सम्पन्न निर्वाचन पछी आफू जेठ ५ गते पदभार ग्रहण गरेको र त्यसपछि वार्षिक निति तथा कार्यक्रम बनाउन लागेको र आफूहरू सफल समेत भएको बताउनुभयो ।

साथै सुशासनको प्रत्याभूति हुने गरि आफू कार्यालय समयमै आउने र अन्य कर्मचारी पनि समयमै आएको र कहिले काही आन्तरीत तथा बाह्या वातावणले गर्दा ढिलासुस्ती हुने गरेकोमा आफुले त्यसमा कुनै हस्तक्षप नगरेको बताउनु भएको छ । पालिका अध्यक्ष बुढाले कुरा भन्दा पनि काममा विश्वास गर्ने भएको बताउँदै कर्मचारीलाई सधै सेवा प्रवाह गर्दा मुस्कान सहितको सेवा प्रवाह गर्न आग्रह गरेको बताउनु भएको छ । यसले गर्दा सेवा ग्राहीलाई सेवा लिन सहजहुने बताउनु भएको छ । मुस्कान सहितको सेवाले कर्मचारीमा पनि राम्रो व्यवहारको विकास भएको र कार्यशैलीमा पनि परिवर्तन भएको बताउनु भयो ।

 

साथै पालिकामा आगामी चैत्र २ गते देखी सञ्चालन हुने कक्षा आठको परिक्षा लाई मध्यनजर गर्दै पालिका भित्रका विद्यालयको अनुगमन गरीरहेको बताउनु भएको छ । सर्वसाधारणको गुणासो सम्बोधन गर्नको लागी पालिका टोल–टोलमा जनतासँग अध्यक्ष भेटघाट कार्यक्रम लगेर जाने र निःशुल्क टोल फ्री नम्बरको व्यवस्था गर्ने तयारीमा रहेको समेत बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत घर्ती मगरले मंगलबारनै परिवर्तन गाउँ पालिकाका अध्यक्ष, उपाध्यक्ष, विभिन्न विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरु बीच परिच्यात्म कार्यक्रम समेत गर्नु भएको छ । स्वागत कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिका आर्थिक योजना शाखाका प्रमुख ध्रुबराज न्यौपानेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array