Ad image

बाल कल्याण नमूना माविद्धारा कक्षा १० का विद्यार्थीलाई बिदाई

मालश्री खबर
मालश्री खबर १ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

मालश्री खवर चैत्र १ गते, रोल्पा । रोल्पाको लिबाङमा रहेको बाल कल्याण नमूना माध्यामिक विद्यायलले एक कार्यक्रमको आयोजना गरी कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई बिदाई गरेको छ । कक्षा ९ मा अध्ययनरत विद्यार्थी गनभिर केसीको अध्यक्षतामा बिदाई कार्यक्रम भएको बाल कल्याण नमूना माविले जानकारी दिएको छ । कार्यक्रमको प्रमुख अथितिम विव्यस अध्यक्ष जित बहादुर डाँगी रहनुभएको थियो ।

कार्यक्रम  को बिशिष्ट अथितिमा शिक्षक अविभावक संघका अध्यक्ष ऋषिाराम रोका रहनुभएको विद्यालयले बताएको छ । अन्य अथितिहरुमा वडा नं. २ का वडा अध्यक्ष प्रकाश डाँगी, शिक्षक, शिक्षिका, विद्यार्थीहरु लगाएतको उपस्थिति रहेको विद्यालयले जानकारी दिनएको छ । कार्यक्रमको स्वागत मन्तव्य कक्षा ९ का छात्रा सुस्मिता क्षेत्रीले गर्नुभएको कार्यक्रमको सञ्चालन कक्षा ९ का पहाड पुनले गर्नुभएको थियो ।

- Advertisement -
Ad image

विदाई कार्यक्रममा बोल्ने वक्ताहरुले बिदाई भएर जान लागेका विद्यार्थीहरुको उज्वल भविष्यको कामना गरेका थिए । विद्यार्थीहरुलाई अविर माला लगाएर विदाई गरिएको थियो । विदाई भएर जाने विद्यार्थीहरुले आफूहरुले विद्यालयबाट धेरै सिकेको भन्दै उनीहरुले आफ्नो शैक्षिक यात्रासँग समाजमा उदाहरणीय काम गर्ने प्रतिवद्धता ब्यक्त गरेकाे त्यहाँबाट भाईस प्रिन्सिपल तुल्सी क्षेष्ठले जानकारी दिनुभएकोे छ ।

प्रतिक्रिया दिनुहोस्